सभामुख निर्वाचनबारे कांग्रेसले अन्य दलसँग छलफल गर्ने
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २३:३०:१
२८ पुष, काठमाडौं । नेपाली कांग्रेसले माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । सरकारलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा सघाउन वार्ता थाल्ने भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावमा सहकार्यका लागि दलहरुसँग छलफल थाल्ने निर्णय गरेको हो । आगामी माघ ५ र ७ गते सभामुख र उपसभामुखको निर्वाचन हुँदै छ । त्यसमा उमेदवारी दिने विषयमा दलहरुसँग छलफल गर्ने निर्णय भएको छ । उमेदवारी कुन पदमा दिने र अरु दलहरु को कोसँग सहकार्य हुनसक्छ भनेर अब कांग्रेस सभापति देउवाले छलफल थाल्नेछन् ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा अविश्वास बढीरहेको छ । एमालेसँग मिलेर सरकारको नेतृत्व सम्हालेको नेकपा (माओवादी केन्द्र) कांग्रेससँगको सहकार्यमा जाने विषयमा टिप्पणी भइरहेका छन् । पदाधिकारी बैठकले सभामुख, उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने÷नउठाउने विषयमा अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
यस्तै प्रदेश सभामुख र उपसभामुख निर्वाचनबारे निर्णयको अधिकार प्रदेश कार्यसमितिलाई दिने निर्णय पनि गरिएको छ । ती नेताका अनुसार बैठकमा पार्टी केन्द्रीय समिति बैठकअघि नै भ्रातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । कांग्रेसको महिला संघ, तरुण दल, नेविसंघलगायतमा अध्यक्षमात्रै नियुक्त गरिएको छ । अन्य पदाधिकारी तोकिन बाँकी छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आउँदो माघ १५ गतेका लागि बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार