इलामको दानाबारी जोड्ने सडकमा धमाधम कालोपत्र
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १८:५:१८
२९ पुष, इमाल । झापाको दुर्गापुरबाट र इलामको दानाबारी बजार जोड्ने १२ किलोमिटर सडकमा धमाधम कालोपत्र भइरहेको छ । प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको रु २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ ।
यो सडक तराई र पहाड जोड्ने महत्वको सडक भएकाले प्रदेश सरकारको प्राथमिकतामा रहेको भौतिक पूर्वाधार तथा सडक निर्माण कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए । ‘दुर्गापुरदेखि दानाबारी पुग्न झन्डै दुई घण्टा लाग्छ’, उनले भने, ‘अब सडकमा कालोपत्र भएपछि आधा घण्टामै पुग्न सकिन्छ । यसले सो क्षेत्रको आर्थिक विकासका लागि पूर्वाधार बलियो भएको छ ।’
उनका अनुसार यो सडक कालोपत्र गर्ने ठेक्का कनकाई मोतिदान जेभीले लिएको छ । २०७८ भदौ २३ गते ठेक्का सम्झौता भएकोमा २०८० भदौ २२ मा निर्माण सम्पन्न गर्ने योजना छ ।
हाल प्रदेश सरकारले झापा र इलामका विभिन्न स्थानका दर्जनभन्दा बढी बहुवर्षीय योजनाका सडकमा कालोपत्र भइरहेको उनको भनाइ छ । सो सडक निर्माणपछि दानाबारी क्षेत्रमा उत्पादन हुने कृषिजन्य सामग्री बजारीकरणका लागि सहयोग पुग्ने महमाई नगरपालिका–३ का कुमार कार्कीले बताए ।
उनका अनुसार यसअघि दानाबारीबाट खुदुनाबारी हुँदै विर्तामोड जाने सडक लामो दूरीको सडक यहाँका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार