अब राजनीतिक दल र नेतालाई अहंकार देखाउने छुट छैनः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २१:५३:२४
२९ पुष, काठमाडौं । नेकपा माआवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अभिमतले कुनै पनि राजनीतिक दल र तिनका नेतालाई फेरी पनि अहंकार देखाउने छुट नदिएको बताएका छन् । उनले प्राप्त जनमतअनुसार सबै दल मिलेर जानुको विकल्प नभएकोमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल हस्तकला महासंघको ४२ औँ साधारणसभामा प्रधानमन्त्री प्रचण्डले दल मिल्दा मात्रै जनताको चाहना पुरा गर्ने सकिने बताए ।
उनले नेपालमा तेस्रोपटक प्रधानमन्त्री हुनु आफ्ना लागि परीक्षा भएको भन्दै परिक्षा अनुर्तिण गर्ने छुट आफुलाई पनि नभएको बताए । प्रचण्डले यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा आफू प्रतिवद्ध रहेको र परीक्षामा उत्तीर्ण हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनले आफूहरुलाई मिलेर जाने जनमत दिएको भन्दै कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले नदिएको स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले इमान्दार भएर जनताको पक्षमा राम्रो काम नगरे परीक्षामा पास हुन नसकिने जिकिर गरे । आफूले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको उनको भनाइ छ । उनले नेपाली हस्तकलाको मौलिक सिपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने बताए । उनले हस्तकला क्षेत्र नेपालका लागि अग्र्यानिक क्षेत्र भएको र यसलाई राम्रोसँग विकास गर्न सकिए व्यापार घाटा कम गर्न सकिने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार