सभापति चुनिएको एक वर्षपछि केन्द्रीय समिति विस्तारतिर लागे देउवा
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २२:४३:५८
२९ पुष,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति विस्तार गर्न पार्टीभित्र छलफल थालेका छन् ।महाधिवेशन सकिएको एक वर्ष वितिसक्दा पनि विभिन्न विभाग र केन्द्रीय समितिले पुर्णता पाउन सकेको छैन् । सभापति देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलसहित भ्रातृसंस्थालाई पनि पूर्णता दिने विषयमा छलफल थालेका छन् ।
देउवाले बिहीबार अपराह्न पदाधिकारी बैठक बोलाएर भ्रातृसंस्थालाई तत्कालै पूर्णता दिने बताएका थिए । उनले भ्रातृसंस्थालाई पुर्णता दिने क्रममा तत्काल पदाधिकारी भने नल्याउने बताएका छन् । अधिवेशन नभएर म्याद सकिएका भ्रातृसंस्थाहरूमा नयाँ कार्यसमिति ल्याउने निर्णय यसअघि नै भइसकेको थियो । त्यसलाई कसरी पूर्णता दिने भन्दै देउवाले अनौपचारिक छलफल चलाएका हुन् । केन्द्रीय सदस्यमा भने तत्कालै मनोनयन गर्ने देउवाको तयारी छ ।
कांग्रेसमा १८ शुभेच्छुक संस्था र १३ भातृसंगठन रहेका छन् । सबैको हालत उस्तै छ । विधानबमोजिम हरेक तीन वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेसका भ्रातृसंस्था पार्टीको सभापतिमा देउवा निर्वाचित भइसकेपछि समयमा अधिवेशन गराउन सकेका छैनन् । कतिपय भ्रातृसंस्थाको दशकभन्दा पहिलेदेखि नै अधिवेशन हुन सकेको छैन । ती भ्रातृसंस्थामा नयाँ नेतृत्व मनोनित गरेर तत्काल अधिवेशन गर्ने प्रक्रिया अघि बढाउने उनको तयारी छ ।
यसअघि केन्द्रीय कार्यसमितिको बैठकले सभापति देउवाले विघटित भ्रातृसंस्था गठन गर्ने र पूर्णता दिने अधिकार दिएको थियो । सभापति देउवाले नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङ, नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र, नेपाल किसान संघको अध्यक्षमा गणेश तिमल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर थापालाई मनोनीत गरेका छन् । तर अध्यक्ष नियुक्त भएपनि कार्यसमिति नहुँदा ती भ्रातृसंस्था भूमिकाविहीन अवस्थामा छन् ।
प्रजातन्त्र सेनानी संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, भूतपूर्व सैनिक संघ लगायत भ्रातृ संस्थामा अध्यक्षसमेत छैनन् । अहिले केन्द्रीय कार्यसमितिको बैठक अगावै पहिले नै अध्यक्ष नियुक्त भइसकेका र बाँकी भ्रातृसंस्थाहरूको समेत पूर्णता र पुनः गठनका विषयमा सभापति देउवाले शुक्रबार पनि छलफल गरेका छन् ।
देउवाले छलफलकालागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहित नेताहरूलाई बोलाएका थिए भने छलफलमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङ पनि सहभागी थिए । नेताहरूले एक साताभित्र नेविसंघ र तरुण दललाई पूर्णता दिने गरी छलफल अघि बढाइएको बताएका हुन् । यसअघि सभापति देउवालाई सत्ता जोगाउन र गठबन्धन बचाउनमै फुर्सद मिलेको थिएन् । जसले गर्दा पार्टीको संगठनलाई चुस्त र दुरुस्त बनाउने काम प्राथमिकतामा परेको थिएन ।
निर्वाचनका मुखमा चलायनमान हुनुपर्ने भातृ तथा शुभेच्छुक संस्थाहरु अस्तव्यस्त बनेका थिए । अहिले कतिको नेतृत्व छैनन् भने नेविसंघ र तरुण दलजस्तो जीवन्त रहनुपर्ने भातृसंस्थामा समेत यतिबेला अध्यक्ष मात्रै रहेका छन् । म्याद थप्दै दशौ बर्षदेखि तदर्थवादमा चल्दै आएका भातृसंस्थाको पुनर्गठनको सुरसार बल्ल हुँदैछ । तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वकालदेखि नै म्याद गुज्रिएका सबै भातृसंस्थाको निर्वाचन गराउन ढिला भइसकेको छ । त्यसयता देउवा दुईपटक सभापतिमा निर्वाचित भइसकेका छन् । तर, भातृसंस्थाको अधिवेशन गर्ने कि नगर्ने, गरे कहिले गर्ने भन्ने प्रश्न अझै जीवन्त छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार