रामेछापका सबै क्रसर र बालुवा प्रशोधन उद्योग बन्द
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २२:४८:०
२७ पुष, मन्थली । रामेछाप जिल्लाभित्रका संचालित सबै क्रसर उद्योग तत्कालका लागि बन्द भएका छन् । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले सबै क्रसर उद्योग बन्द गराएको हो ।
गृह मन्त्रालयको निर्देशन अनुसार हाललाई जिल्ला भित्रका सबै क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग बन्द गराएको जिल्ला प्रमुख अधिकारी शोभाकर रेग्मीले बताए । मापदण्ड विपरीतका क्रसर उद्योग अब सञ्चालन हुन नसक्ने उनले बताए ।
रामेछाप जिल्लाभित्र हाल क्रसर र वालुवा प्रशोधन गरी २१ वटा उद्योग दर्ता गरिएको तथ्याङक छ । जिल्ला समन्वय समितिसहितको टोलीले अनुगमन गरेपछि मात्र सञ्चालन गर्न दिने वा बन्दलाई नै निरन्तरता दिने भन्ने टुंगो लाग्ने प्रजिअ रेग्मीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होमबहादुर पराजुलीले बन्द गरिएका क्रसर उद्योग सञ्चालन गर्ने विषय जिल्ला समन्वय समितिका पदाधिकारीसहितको टोलीले अनुगमन गरेपछि मात्र टुंगो लाग्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार