राष्ट्रपतिका लागि कांग्रेसले थाल्यो परामर्श, पौडेल र नेपालबीच छलफल
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार १८:४३:४४
३० पुस, काठमाडौं । नेपाली कांग्रेसले आगामी दिनमा हुने राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको छ । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय नगरेपनि नेता रामचन्द्र पौडेल आकांक्षी देखिएका छन् । यसै क्रममा उनले शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरी छलफल गरेका छन् ।
शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरुले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन् । राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरुले खुलाएका छन् ।
एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेका हुन । नेपाली कांग्रेसमा अहिले राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णाप्रसाद सिटौला आकांक्षी देखिएपनि राष्ट्रपतिको खास उम्मेदवार भने सभापति शेरबहादुर देउवा आफै हुने बुझिएको छ । देउवाले आफु राष्ट्रपतिमा जाने अरु दलका समकक्षी नेताहरुलाई जानकारी गराइसकेका छन् । यो पटक राष्ट्रपतिमा कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार