लमजुङमा शैक्षिक महोत्सव सुरु
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार १९:२१:३१
३० पुष, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो ।
सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ । सोबाहेक शिक्षक, अभिभावक र विद्यार्थीका लागि उत्प्रेरणा कार्यक्रम, विविध खेलकुद र साँस्कृतिक कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
मंगलबार विशेष समारोहका बीच महोत्सवको उद्घाटन भएको हो । संविधानसभा सदस्य जमिन्द्रमान घलेले महोत्सवको उद्घाटन गरेका हुन् । पहिलो दिन महोत्सव उद्घाटनसँगै शुभकामना मन्तव्य, विविध शैक्षिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रम भएका छन् । दोस्रो दिन बुधबार गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समिति पदाधिकारी एवं सदस्यहरूका लागि शैक्षिक उत्प्रेरणा कार्यक्रम रहेको छ ।
त्यसैगरी बिहीबार गाउँपालिकाअन्तर्गतका विभिन्न विद्यालयमा कक्षा ८, ९, १० र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावक र २९ गते विद्यार्थी लक्षित उत्प्रेरणामूलक कार्यक्रम हुने भएको छ । त्यस्तै शैक्षिक महोत्सवको पाँचौ दिन ३० पुसमा मस्र्याङ्दी कप, माविस्तरीय छात्रछात्रा दौड प्रतियोगिता, ज्याब्लिङ थ्रो, सटफुट, हाईजम्प, लङजम्प, प्राविस्तरीय छात्रछात्रा गणित दौड प्रतियोगिता हुने भएको छ ।
यसैगरी १ माघमा माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोतियोगिता र भुलभुले खेल मैदानमा आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने मस्र्याङ्दी गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शैक्षिक महोत्सवको अन्तिम दिन २ माघमा भलिबल, फुटबल प्रतियोगिताको फाइनल खेल, पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने कार्यतालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार