क्षमताको उपयोगले समृद्धिको सपनालाई साकार तुल्याउँछः राष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार २२:५:५७
३० पुष, काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नलास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र सपना पूरा गर्नुपर्ने बताइन् ।
‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ, यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो”, उनले भनिन् ।
आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुनसक्ने उहाँको धारणा थियो । राष्ट्रपति भण्डारीले कृषि, वनपैदावार र जलविद्युत्लाई नेपालकोे आर्थिक विकासको मेरुदण्डका रुपमा लिन सकिने बताइन् । “हामीले प्रकृतिलाई अझ सिंगारेर विकासका कार्य अगाडि बढाउनुपर्छ’ उनले भनिन् ।
राष्ट्रपति भण्डारीले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवद्र्धन गर्दै मानव र प्रकृतिका बीचमा निरन्तर सन्तुलन कायम राख्नसकिने बताउनुभयो । धार्मिक पर्यटन प्रवद्र्धन गर्न तथा उग्रचण्डी नाला क्षेत्रलाई आध्यात्मिक केन्द्रका रुपमा विकसित गर्न उद्यान निर्माण गरेकामा बधाई दिँदै उहाँले प्रकृति र संस्कृतिको अतुलनीय सङ्गम बनेको नेपाललाई अनेकन तवरले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकिने बताइन् ।
‘प्राचीन सभ्यता र सनातन भूमिका रुपमा परिचित यस धर्तीमा भगवान् बुद्धको जन्मस्थान लुम्बिनी देशविदेशमा निकै चर्चित बनेको छ, त्यसैले समृद्ध इतिहास र परम्पराको जीवन्त पक्षलाई संरक्षण गरी समयानुकूल भावि पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्दछ’, उनले भनिन् ।
कार्यक्रममा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले ‘आफ्नो गाउँ आफैँ बनाऔं’ भन्ने समुदायलाई राज्यले ‘होस्टेमा हैँसे’ गर्नुपर्ने बताए । ‘समृद्धि, प्रकृति र इतिहासलाई समेट्दै गरिने पर्यटकीय विकास चानचुने विषय हैन, राष्ट्रिय पदमार्गअन्तर्गत टनचोक–धुलिखेल–तेमाल–महाभारत बुद्धसर्किट पनि योजनामै छ’ उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामा गुरुबाट विशेष पूजा र मन्त्रोच्चारण गरी शीतलनिवासमा सोनाम ल्होसारको शुभारम्भ
माघ १५, २०८१ मंगलबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
शिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
देश बदल्न युवाको आगमन : कांग्रेसका महामन्त्रीहरूले के गर्दै होलान् ?
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार