विमान दुर्घटनामा तीनजना जीवित, पहिचान खुल्न बाँकी
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार १९:५२:११
१ माघ, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त विमानबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले उद्धारपछि अस्पताल पठाइएको र पहिचान नखुलेको बताएका छन् ।
विमानमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन् । आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआर जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । आइतबारदुर्घटनामा परेको यति एयरलाइन्सको एटिआर विमानका पाइलटहरुले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको पनि खुलेको छ । उक्त विमान क्याप्टेन कमल केसी र अन्जु खतिवडाले उडाइरहेका थिए ।
उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै सर्ट फाइनलको क्रमल्यान्डिङ गर्ने तयारीमा रहेको बेलामा विमान दुर्घटनामा परेको हो । पोखरा टावरको भनाइ अनुसार मौसम बिहानदेखि नै राम्रो थियो । आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार