प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकबारे बालकोटमा छलफल
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १६:३७:५५
२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि राजनीतिक छलफल पनि बन्द छन् । सरकारले आज राष्ट्रिय सोक घोषाणा गरेकाले मन्त्रिपरिषद विस्तारबारे सामान्य छलफल मात्रै हुने बुझिएको छ ।
मन्त्रपरिषद विस्तार लगायतका विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले बालकोटमा छलफल पनि भइरहेको छ । छलफलका लागि प्रधानमन्त्री प्रचण्ड सोमबार विहान बालकोट पुगेको थिए । दुइ नेताबीच मन्त्रीपरिषद विस्तार, शक्ति बाँडफाँट र सर्वदलीय बैठकका विषयमा छलफल चलिरहेको बताइएको छ । भोली मंगलबार सभामुखको पदमा उम्मेदवारी दिनुपर्ने कार्यतालिका छ । सभामुख लगयताका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्रीले सर्वदलीय छलफल बोलाएका हुन् । आजको ओली र प्रचण्डको छलफल पनि यसैमा केन्द्रित छ ।
प्रधानमन्त्रीले आइबार साँझसम्ममा सहमति भएर सोमबार पूर्ण मन्त्रिपरिषदको बैठक बसेर सर्वदलीय बैठक बस्ने जानकारी दिएका थिए । तर, विमान दुर्घटनाले यी सबै कार्यक्रम प्रभावित भएका छन् । भोलीका लागि बोलाइएको सर्वदलीय बैठकबारे नयाँ सूचना पनि आएको छैन । यसकारण सर्वदलीय बैठक बस्छ । संसदबाट प्रचण्ड बहुमतको समर्थन पाउँदा पनि काम गर्ने उचित वातावरण नबनेपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार सर्वदलीय बैठक बोलाएका थिए ।
उनले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहमति लिएर नै सर्वदलीय बैठक बोलाएको भने पनि ओली यसप्रति सकारत्मक देखिएका छैनन् । ओली सत्ता र शक्तिका विषयमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी नथपिउन भन्न चाहिरहेका छन् । शक्ति बाँडफाँटमा राष्ट्रिय सहमति जुटाउन आफूले सर्वदलीय बैठक बोलाएको प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्रीमा नियुक्त भई संसदबाट विश्वासको मत लिएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषदसम्म विस्तार गर्न नसेका प्रचण्डले शनिबार निकटस्थ सम्पादकहरूसँगको छलफल गरेका छन् । उनले राखेको छलफलमा काम गर्न सहज वातावरण नबनेकोप्रति लक्षित थियो । उनले अहिले खास एमाले अध्यक्ष ओलीबाट दविएको र आफुले सोचेअनुसार वातावरण नबनिरहेकोतर्फ संकेत गर्दै अहिले राष्ट्रिय सहमति आवस्यक भएको तर्क गरेका छन् ।
पुष १० कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड र अध्यक्ष ओलीबीच आलोपालो प्रधानमन्त्री, आलोपालो सभामुख र राष्ट्रपति एमालेलाई दिने सहमति भएको भनिएको थियो । खास गरी एमालेले राष्ट्रपति र पहिलो सभामुख लिने सहमतिमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति जनाएको बताएको थियो । तर, अहिले आएर त्यो सहमति भएको थियो कि थिएन वा सहमति भएर पनि प्रधानमन्त्रीले धोका दिन खोजिरहेका छन भन्ने प्रश्न राजनीतिमा उठको छ । अहिले ओली प्रचण्डबीच भइरहेका छलफल हेर्दा यस्तो सहमति नभएको देखिन्छ ।
नत्र ओलीले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद विस्तार गर्न बाटै रोकेर पहिले राष्ट्रपति र सभामुखमा सहमति गर्नुपर्ने अडान राख्ने थिएनन् । माओवादीका एक नेताको भनाइमा नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र सरकारलाई पनि समर्थन नदिने भएपछि जसरी पनि प्रधानमन्त्री प्रचण्डले सरकार टिकाउन एमालेले जे माग्यो त्यही पाइन्छ भन्न विश्वासमा रहेका ओली कांग्रेसले सहज रुपमा विश्वासको मत दिएपछि हतासिएका छन् । पहिले राष्ट्रपतिमा सहमति नगराए आफुले विश्वासको मत फिर्ता लिँदा पनि प्रचण्ड नेतृत्वको सरकार नढल्ने भएपछि ओलीमा चिन्ता बढेको छ ।
ओलीले कांग्रेस र नेकपा एसलाई बाहिर राखेर हतारमा फाइदा लिन खोजेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको कुरा निकालेर राष्ट्रपति र सभामुखका लागि कांग्रेस र नेकपा एससँग पनि छलफल गर्ने मनसाय बनाएर ३ माघमा सर्वदलीय बैठक बोलाएका हुन् । उनले सर्वदलीय छलफलमा राखेर एमालेसँग राष्ट्रपति वा सभामुखका विषयमा सहमति भएको थिएन भन्ने सन्देश दिन चाहेको बुझाइ माओवादी नेताहरुको छ ।
प्रचण्डले एमालेसँग सहमतिका क्रममा कांग्रेसको भूमिका प्रतिपक्षको हुने कल्पना गरेको र विश्वासको मतपछि परिस्थिति फरक परेकाले राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग छलफल गर्नुपर्ने भन्दै प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । एमाले र माओवादीबीच सहमति हुँदा कांग्रेसले सरकारलाई समर्थन दिने निर्णय गरेको थिए । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख छनोट गर्नुअघि कसरी हुन्छ राष्ट्रिय सहमतिको वातावरण कायम गर्ने सोच बनाएर ३ माघमा सर्वदलीय बैठक बोलाएको नेताहरुको भनाइ छ ।
सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रपति र सभामुखमा आफ्नो भाग खोज्दै दलहरुसँग छलफल सुरु गरेको छ । दलहरुसँग छलफल अगाडी बढाउन पदाधिकारी बैठकले सभापति देउवालाई जिँम्म दिएपनि यसको सुरुवात भने रामचन्द्र पौडेलले गरेको छ । देउवाको सल्लाहमा पौडेलले शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग यो विषयमा कुरा गरेका थिए । तर, सहमति जुटाउन प्रधानमन्त्रीको पहल, कांग्रेसको चासो राष्ट्रपतिमा देखेपछि अध्यक्ष ओली कांग्रेसविनाकै शक्ति बाँडफाँट गर्नुपर्ने पक्षमा उभिएका छन् ।
सरकारलाई विश्वासको मत दिएसँगै कांग्रेस नेताहरू राष्ट्रपति आफ्नो पक्षमा पार्न गृहकार्यमा लागेका छन् । यसका लागि कांग्रेस नेताले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतासँग भेटघाट जारी राखेका छन् । माघ ५ मा हुने सभामुखको निर्वाचनका लागि सबै दलसँग छलफल गरेर अघि बढ्ने कांग्रेसले निर्णय गरिसकेको छ । कांग्रेसको यो निर्णयपछि ओली थप सशंकित बनेका छन् । प्रचण्ड नेतृत्वको सरकारले सरकारले राष्ट्रिय सहमतिको स्वरूप लेला भन्ने चिन्ता ओलीलाई छ ।
ओलीले शक्ति बाँडफाँटमा सहभागी हुने अवस्थामा कांग्रेस नरहेको र उसले अहिले एमाले–माओवादी सम्बन्धमा दरार ल्याउन प्रयास गरिरहेको बताएका छन् । सरकारलाई कांग्रेसले अनावश्यक भोट दिएरु च्याँखे थापेको उनको बुझाइ छ । ओलीले राष्ट्रपति एमालेलाई र सभामुखमा आलोपालोको सहमति गर्नुपर्नेमा जोड दिएका छन् । सर्वदलीय बैठक बोलाएपनि माओवादीले यसमा कुनै परिवर्तन गर्न नमिल्ने औलीको तर्क छ । कांग्रेसले ओलीबाट संविधानमाथि चुनौती रहेको भन्दै संविधान जोगाउने प्रचण्डकै आग्रहमा विश्वासको मत दिएको बताएको छ ।
राष्ट्रपतिको कार्यकाल आगामी २९ फागुनमा सकिँदै छ । निर्वाचन आयोगले २८ माघभित्र निर्वाचन गराउने तयारी गरेको छ । कांग्रेस नेताहरूले राष्ट्रपतिको निर्वाचनसम्ममा समीकरणमा फेरबदलको सम्भावनालाई मुख्य लक्ष्य बनाएका छन् । सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले कांग्रेसको निर्णयमाथि जालझेलको शंका गरेका थिए । यता, सत्ता गठबन्धनमा रहेका दलहरुले पनि ओलीको भूमिकामाथि शंका गर्न थालेका छन् । यी सबै विषयलाई एकसाथ प्रस्तुत गर्न पनि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार