जसपा र एकीकृत समाजवादीबीच पार्टी एकताबारे औपचारिक छलफल
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १८:२१:४७
२ माघ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वके जनता समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बीच एएकताका लागि औपचारिक छलफल सुरु भएको छ । मंसिर ४ को निर्वाचनपछि नै दुई पार्टीका नेताहरुबीच दल एकता गर्न अनौपचारिक छलफल चलिरहेको भएपनि पछिल्लो समय औपचारिक छलफल भएकाे हो ।
दुवै पार्टीले एकीकरणको संवाद अघि बढाउन वार्ता समितिहरु गठन गरिसकेका छन् । पार्टी एकताबारे दुवै वार्ता समितिबीच पहिलोपटक गत शुक्रबार सिंहदरबारमा चार घण्टा लामो समय वैचारिक, सैद्धान्तिक र सांगठनिक विषयमा छलफल भएको एकीकृत समाजवादीले महासचिव बेदुराम भुसालले बताए ।
प्रतिनिधिसभामा जसपा १२ र एकीकृत समाजवादीसँग १० सांसद छन् । दुवै पार्टी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनि सहभागी भने भइसकेको छैन । जसपाले मधेश प्रदेशमा सरकार गठन गरिसकेको छ । जसपाका सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार