दवावमा अर्थमन्त्रीः राजश्व लक्ष्यभन्दा ५५ अर्ब कम, आम्दानीभन्दा सवा खर्बले खर्च बढी
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २०:४६:२२
२ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तसम्म आइपुग्दा सरकारी आम्दानी र खर्चबीचको अन्तर झनझन् बढेर गएको छ । यो खर्चको अनुपात हेर्दा अर्थमन्त्री विष्णु पौडेललाई खर्च सन्तुलन मिलाउन निकै पापड पेल्नुपर्ने देखिएको छ । यसै पनि समग्र अर्थतन्त्र नकारात्मक रहेका बेला अर्थमन्त्री खर्च सन्तुलन मिलाउने दवावमा पर्छन भने अहिले नेपालको स्थिति आन्तरिक आम्दानीबाट कर्मचारी पाल्न नसक्ने अवस्थामा पुगेकाे छ । अर्थमन्त्रीसामू झण्डै पौने खर्बको खर्च असन्तुलन अहिले कायम छ ।
नेपाल राष्ट्र बैंकले गत साता जारी गरेको वित्तीय विवरणले अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक रहेको देखाए पनि आन्तरिक असन्तुलन भने बिकराल बन्दै गएको छ । सरकारको मुल आम्दानीको स्रोत राजश्व संकलन हो । तर, पुष मसान्तसम्म आइपुग्दा सरकारले राखेको लक्ष्यभन्दा ५५ अर्ब कम राजश्व उठेको छ । उनी अर्थ मन्त्रालयमा गएपछि राजश्व उठाउन दवाव सिर्जना गरेका थिए । तर, उनको दवावले मात्र बजेटको लक्ष्यमा राजश्वलाई पुर्याउन कठिन छ ।
महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको विवरण अनुसार पुष महिनाको अन्तिम साता भने राजश्व संकलन अपेक्षाकृत भएको देखिन्छ । अन्तिम साता मात्र झण्डै साढे ८७ अर्ब राजश्व सरकारी खातामा जम्मा भएको छ । करदाताले पुसको २४ देखि ३० गतेको अवधिमा ८७ अर्ब ४५ करोड राजस्व बुझाएको देखिन्छ । पुष २३ गतेसम्म सरकारले ३ खर्ब ७१ अर्ब ५३ करोड रुपैयाँ राजश्व उठाएको थियो । पुस ३० गतेसम्म आइपुग्दा संकलित राजश्व ४ खर्ब ५८ अर्ब ९८ करोड पुगेको छ । यो अर्थमन्त्रीका लागि सहज अवस्था हैन् ।
चालु वर्षको पहिलो ६ महिनामा सरकारले लक्ष्यको ३२.७१ प्रतिशत मात्र राजश्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै संकलन पुस महिनामा भएको तथ्यांकले देखाएको छ । पुष महिना आयकरको पहिलो किस्ता बुझाउने महिना समेत हो । सोहीकारण अन्य महिनाको तुलनामा पुसमा बढी राजश्व उठेको हो । यो वर्ष सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजश्वबाट संकलन गर्ने लक्ष्य राखेको छ । यसमध्ये कर राजश्व ४ खर्ब ५ अर्ब २६ करोड भएको छ भने गैरकर राजश्व ५३ अर्ब ७१ करोड संकलन भएको छ ।
यसबीचमा अनुदानबाट ४ अर्ब ८० करोड आम्दानी गरेको सरकारले अन्य आम्दानी भने ३१ अर्ब ५ करोड भएको छ । यस अनुसार ६ महिनामा सरकारको कुल आम्दानी ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ बराबर भएको देखिन्छ । महालेखाका अनुसार पुस मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च सवा खर्बले बढी देखिएको छ । यस अवधिमा सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३४ करोड भएको छ भने आम्दानी ४ खर्ब ९४ अर्ब ८४ करोड मात्र छ । जस अनुसार सरकारको आम्दानी भन्दा खर्च ८१ अर्ब ५० करोडले बढी देखिन्छ ।
यता, पुँजीगत खर्च भने निरासाजनक नै छ । सरकारको ६ महिनाको पूँजीगत खर्च ५३ अर्ब ४५ करोड मात्र छ । यो कुल पूँजीगत खर्च गर्ने लक्ष्यको १४.०४ प्रतिशत मात्र हो । उता, चालु खर्च भने ४ खर्ब ५५ अर्ब १२ करोड रुपैयाँ भएको छ । यो कुल लक्ष्यको ३८.४६ प्रतिशत हो । सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर बजेट ल्याएको थियो । यसबीचमा वित्तीय व्यवस्थामा ६७ अर्ब ७६ करोड बजेट खर्च भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा आएको सुस्ततालाई ध्यानमा राख्दै कार्यभार सम्हाल्नेबित्तिकै कर्मचारी संयन्त्रलाई कम्तीमा लक्ष्यअनुसार नभए पनि गत वर्षको बराबर राजस्व उठाउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।
अन्तिम साता राजस्व संकलन बढ्दा अर्थ मन्त्रालय गत वर्षकोभन्दा बढी राजस्व उठाउन सफल हुने मनसायमा छ । अन्तिम सातामा पनि सबैभन्दा बढी पुस २९ गते उठेको छ । शुक्रबार सरकारी खातामा ३० अर्ब ५५ करोड जम्मा भएको थियो । शनिबार बिदाको दिन पनि कर कार्यालय र बैंकको राजस्व संकलन काउन्टर खुलेका थिए । सो दिन १३ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन भएको देखिन्छ । तर, चालू आर्थिक वर्षको आधा अवधि बित्दा एक तिहाइ पनि बजेट खर्च हुन सकेको छैन । अहिले सरकारले पनि पुर्णता पाइनसकेको अवस्थामा खर्च बढाउन अर्थमन्त्री पौडेलले नयाँ योजना पनि ल्याउन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार