मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर, अधिकतम ८० रुपैयाँ
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २०:२३:३६
२ माघ, काठमाडौं । बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को लागि आफ्ना बीमितहरुको लागि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
अमेरिकन लाइफ इन्स्योरेनस कम्पनीको आव २०७८/७९ को बीमांकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुको लागि कम्पनीले न्यूनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
जसमा कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत एक वर्षदेखि १५ वर्षसम्मको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ७० रुपैयाँ र २१ वर्षभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
त्यस्तै, कम्पनीले शिक्षा संरक्षण योजनाअन्तर्गत १ वर्षदेखि १५ वर्षसम्मको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ७० रुपैयाँ र २१ वर्षदेखि माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
यस्तै कम्पनीले उमेर समूहअन्तर्गत पनि अग्रिम भुक्तानी योजनाअन्तर्गत १ वर्षदेखि १५ वर्षसम्मका लागि ४५ रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ५५ रुपैयाँ र २१ वर्ष वा सो भन्दा माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमा बोर्डका अध्यक्षबाट लोहनीले दिए राजीनामा
भदौ २८, २०८१ शुक्रबार
सूर्याज्योति इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मान
भदौ १८, २०८१ मंगलबार
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
साउन २८, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार