सरकार समर्थक दलहरुको बैठक भाेलि
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २१:१०:४०
२ माघ, काठमाडौं । सरकारलाई समर्थन गर्ने दलहरुको बैठक भाेलि बस्ने भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूबीच बैठक बस्न लागेकाे हाे ।
सरकार समर्थक दलहरुलाई मन्त्रालय भागबण्डा गर्नेबारे सरकारमा मुख्य घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार करिब ५ घण्टा लामो छलफलपछि संचारकर्मीहरुसँगको छोटो कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मंगलबार बस्ने बताए ।
कुन दललाई कति र कुन मन्त्रालय दिनेबारे आजै मात्र प्रम प्रचण्ड र ओलीले बालकोट वार्तामा सहमति गरिसकेका छन् ।
भोलि बस्ने बैठकमा आज भएका छलफलका विषयबारे कुरा राख्ने र त्यहीबाट मन्त्रालयको बाँडफाँट विषय टुंग्याएर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रम प्रचण्ड रहेको निकटस्थ नेताहरु बताउँछन् । गएको पुष १० मा प्रचण्ड ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । त्यसपछि पुष २६ मा उनले संसदबाट विश्वासको मत पाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार