श्रद्धाञ्जलीबाट फर्किएका ३ जना विमान दुर्घटनामा परे
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २२:५१:१८
२ माघ, पोखरा । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुरघटनामा आफन्तको मृत्युमा श्रद्धाञ्जली दिएर फर्किएका ३ जनाको पनि ज्यान गएको छ ।
भारतको केरलामा मृत्यु भएका पास्चरलाई श्रद्धाञ्जली दिएर पोखरा फर्किँदै गरेका पोखरा नदीपुर चर्चका अनिल शाही, राजुसिंह ठकुरी र रवीन हमालको आइतबार भएको यति एयरलाइन्सको दुर्घटनामा ज्यान गुमाएका हुन् ।
पोखरामा एपोस्टल एफएम चलाइरहेका शाही नदीपुरका हुन् भने राजुसिंह चर्चमै बस्थे र हमाल पोखरा पामेका बासिन्दा हुन् । भारत केरलमा पास्चर मेचयु फिलिपको मृत्यु भएपछि श्रद्धाञ्जली बिहीबार अर्पण गरेर पोखरा फर्किँदै थिए ।
काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज दुर्घटना हुँदा हालसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ३ जना अझै हराइरहेका छन् ।
अधिकांशको शव जलेर नचिनिने भएका कारण काठमाडौंबाट फोरेन्सिक विज्ञ टोली झिकाइएको छ । टाेलीले काम सुरू गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार