शक्तिको उचित बाँडफाँड भए मात्र जसपा सरकारमा जाने
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २३:६:५२
२ माघ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन विभिन्न सर्त अगाडि सारेको छ । उसले सरकारमा सहभागी हुन सत्ता र शक्तिको उचित बाँडफाँट हुनुपर्ने सर्त सारेको छ ।
न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने जसपाका नेताहरुले बताएका छन् । निर्वाचनको परिणामले संयुक्त सरकारको गठनको आधार तय गरेको उनीहरुको भनाइ छ ।
सरकारका दुई ठूलो पार्टी एमाले र माओवादी केन्द्रका अध्यक्षबीच सोमबार मात्र जसपालाई दुई वटा मन्त्रालय दिएर जान सकिने भनेर भएको सहमतिकै दिन जसपाले यस्तो सर्त सारेको हो ।
सरकारले ल्याएको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा मात्र पार्टीको सहभागी हुन सक्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेत बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादव भने निर्वाचनमा पराजित भएका कारण सरकार र सदनमा उनको उपस्थिति रहने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार