मेयर हर्क राईलाई कंक्रिटको टावरभन्दा बाँसको टावर प्यारो
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २३:३४:१
२ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले वनको सुरक्षामा खटिएका रक्षकहरुलाई अस्थायी टावर बनाइदिएका छन् ।
उनले सामाजिक संजालमा अर्बौं रुपैयाँ खर्चेर ‘ताइ न तुइ’को टावर बनाउनुको सोटो बाँसबाट बनेको टावर ठीक हुने तर्क गरेका छन् । उनले वनको रक्षार्थ खटिने रक्षकहरुलाई हावा खान मिल्ने बाँसको टावर बनाएका छन् । बाँस पनि शुभचिन्तकहरुबाट निशुल्क प्राप्त गरेका हुन् । उनले कराेडाैं रूपैयाँ खर्च गरेर सिमेन्ट, गिटी, बालुवा र रडबाट बनाइने कंक्रिटको भन्दा बाँसको टावर प्यारो ठानेका छन् ।
टावरलाई उनले मौलिकतामा आधारत रहेर बनाइएको दाबी गरेका छन् । साेमबार टावरको तस्बिरसहित सन्देश राख्दै उनले ‘अर्बौँ रुपैयाँ खर्चेर ताइ न तुईको टावर बनाउने देशमा मैले शुभचिन्तकले निस्शुल्क दिएको बाँस प्रयोग गरी बन रक्षकहरुलाई हावाखाने अस्थायी टहरा बनाइदिंदा गाली गर्नेहरुलाई बधाइ छ । यो मौलिकता हो । यो मौलिकता लोप हुन लागिसक्यो लाटा हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
खोटाङमा सत्तरी वर्षमाथिका पत्रकारले पेन्सन पाउने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार