सत्ता गठबन्धनबाट यी हुन आज शपथ लिने मन्त्रीहरु
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १७:३७:४४
३ माघ, काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । सोमबार अबेर सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डा मिलेपछि त्यही अनुसार दलहरुले मन्त्री बनाउनेको नाम छनोट गरेका हुन् । उनीहरुको मंगलबार दिउँसो १ बजे शपथ गराउने कार्यक्रम रखएिको छ ।
आज शपथ लिने मन्त्रीहरुको नामावली टुंगिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका छन् । एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् ।
यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् । बाँकी तीन मन्त्रीले पनि मन्त्रालय पाउन सकेका छैनन् । यसअघि एमालेबाट राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारी मन्त्री भएका छन् । यस्तै सरकारको नेतृत्व गरिहेको नेकपा माओवादीबाट रेखा शर्मा, अमनलाल मोदी, सुदन किराँती मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रको मंगलबार बिहान बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले मन्त्रीहरुको नाम टुंगाएको हो ।
सत्ता गठबन्धनको भागबण्डामा माओवादीले प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात, सूचना सञ्चार तथा प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने टुंगो भएको हो । यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा नारायणकाजी श्रेष्ठलाई दिइसकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाले भागबन्डामा तीन मन्त्रालय पाएको छ । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन् ।
उपप्रधानसहित गृहमन्त्रीको रुपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन् । शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं–६ बाट निर्वाचित सांसद हुन् । अर्याल भने समानुपातिक सांसद हुन् । स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् । यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे सहरी विकास मन्त्री हुने भएका छन् ।
राप्रपाले सरकारलाई समर्थन गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन । अध्यक्ष लिङ्देनले आफूले चाहेको मन्त्रालय प्राप्त गरेपछि भने उनकै नेतृत्व राप्रपा सरकारमा सामेल हुन लागेको हो । उसले एक राज्यमन्त्री पनि पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार