विस्तारित मन्त्रिपरिषदः नयाँ उपप्रधान र मन्त्रीहरूले लिए शपथ
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १९:१०:४८
३ माघ, काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । आजै नियुक्त भएका मन्त्रीहरुले राष्ट्रिपति कार्यालय शितलनिवासमा आयोजित एक समारोहमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।
मन्त्रीहरुको शपथपहिले उपप्रधानमन्त्री राजेन्द्र लिङदेनलाई राष्ट्रपति भण्डारीले शपथ खुवाएकी थिइन् । लिङदेनलाई ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयकाे जिम्मा दिइएकाे छ ।
अन्य मन्त्रीहरूमा ध्रुबबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री, शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री,अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, हरि उप्रेती रक्षामन्त्री, विमला राई पौडेल परराष्ट्र मन्त्री, पदम गिरी स्वास्थ्य मन्त्री, भगवती चौधरी महिला बालबालिका मन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री, दामोदर भण्डारी उद्योग मन्त्री रहेका छन् ।
यस्तै दीपक सिंह ऊर्जा राज्यमन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री र सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा शपथ लिएका छन् ।
यसअघि गत पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक योजना मन्त्री, एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान र रास्वपाका सभापति रबि लािमछाने उपप्रधान तथा गृहमन्त्री र जनमत पार्टीका अब्दुल खानलाई बनाएका थिए ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, मन्त्री, संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार