कांग्रेसले प्रतिपक्षको दावी र राष्ट्रपतिको आश नगर्नूः ओली
नेपालबहस संवाददाता
माघ ३, २०७९ बुधबार १:२४:३९
३ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा दाबी गर्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा ओलीले कांग्रेस प्रतिपक्षी दल नभएको बताएपछि केहीबरे सवाल जवाफ चलेको थियो । बैठकमा ओलीले सरकारलाई विश्वासको मत दिइसकेपछि कांग्रेसले आफूलाई प्रतिपक्ष भन्न नपाउने दाबी गरेका थिए ।
उनले कांग्रेसलाई राष्ट्रपतिको आश नगर्न पनि सुझाव दिएका छन् । बैठकमा ओलीलाई जवाफ दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरू प्रतिपक्ष नै भएको दाबी गरेका थिए । उनले राष्ट्रपतिलाई समर्थक सांसदको सूची बुझाउँदा आफूहरूले नाम नदिएको बताएका थिए । बैठकमा ओलीले कांग्रेस नेताहरूलाई राष्ट्रपतिमा आश नगर्नू भन्दै बैठक नसिँदै बाहिरिएका थिए । बैठकमा कांग्रेसले राष्ट्रपतिका लागि सरकारलाई विश्वासको मत दिएको चर्चा भएको थियो ।
सत्ता गठबन्धनमा राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति भएको भनिएको छ । बैठकपछि कांग्रेस मुख्य सचेतकसमेत रहेका लेखकले प्रधानमन्त्री प्रचण्डले संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न प्रस्ताव गरेको जानकारी दिए । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहितका पदमा सहमति गरेर अघि बढ्न प्रस्ताव गरेको उनले बताए ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादीसहित सरकारलाई विश्वासको मत दिने दलका नेताहरू सहभागी थिए । कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता पद तटस्थ र संविधानको संरक्षण गर्नुपर्ने खालका भएकाले सत्तापक्षले ती पदका लागि अघि सार्ने प्रस्तावहरुमा आफु छलफल गर्न तयार रहेको बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार