हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आयोगको आग्रह
नेपालबहस संवाददाता
माघ ३, २०७९ बुधबार २:१९:५८
३ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र हवाई दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उपयुक्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न÷गराउन र सहजरूपमा बीमा रकम उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।
यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको चालकदलसहित ७२ जना सवार जहाज कास्कीको पोखरामा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको र दुई जनाको अवस्था अझै अज्ञात रहेको घटनाप्रति आयोग गहिरो दुःख व्यक्त गरेको छ । आयोगले यस सङ्कटको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दै समवेदना प्रकट गरेको छ ।
हवाई दुर्घटनाका कारण व्यक्तिको जीवनको अधिकार गुम्न गएका घटनाहरूको आयोगले विभिन्न माध्यमबाट अनुगमन गर्दै आइरहेको छ । मानवीय क्षतिको दृष्टिकोणले उक्त दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै सबैभन्दा ठूलो रहेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ मा हवाई उडानलाई नियमन गर्ने व्यवस्था छ ।
हवाई नीति, २०६३ ले उडान सुरक्षा एवं हवाई सुरक्षामा सुदृढीकरण गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारण गरिएको मापदण्ड तथा सिफारिसको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कानूनी र संस्थागत व्यवस्था गर्ने उल्लेख गरेको छ ।
हवाई दुर्घटनाका सम्बन्धमा विभिन्न छानबिन समितिबाट प्राप्त सिफारिस कार्यान्वनलाई प्राथमिकता नदिएकोतर्फ दुर्घटना बढिरहेको देखिएको छ भने अर्कोतर्फ पुराना विमान खरिद र सञ्चालनमा प्रभावकारी नियमन हुन नसकेको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार