सभामुखका लागि आज मनोनयन दर्ता हुँदै, उम्मेदवार खोज्दै दलहरु
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार १५:५८:५७
४ माघ, काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।
मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्निन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो । माघ ५ गते प्रतिनिधिसभा सभामुखको निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि संसद् सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।बुधबार नै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ ।
माघ ५ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै उम्मेदवारको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । जस अनुसार बुधबार सभामुखका लागि मनोनयन दर्ता हुनेछ ।
बुधबार नै संसद सचिवालयले सभामुखका उम्मेदवारहरुको सूची टाँस गर्नेछ । बिहीबार बिहान ११ बजे सभामुखका लागि निर्वाचन हुनेछ । निर्वाचन दस्तखत सहितको मत विभाजद्वारा हुने सचिवालयको भनाइ छ ।
सभामुखका लागि एक जनाको मात्रै मनोनयन परे बिहीबार प्रतिनिधिसभाको बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् । एक भन्दा बढी उम्मेदवार भए दर्ता क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ ।
त्यसपछि ज्येष्ठ सदस्यले दुबै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको कुल सदस्य संख्याको जसले बहुमत ल्याउँछ उनी नै सभामुख निर्वाचित हुनेछन् । निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहमुतबाट पारित हुनेछ सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिने प्रतिनिधिसभा नियमावलीको नियम ५ मा उल्लेख छ ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले १० माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ । ५ माघमा सभामुख चयन भएपछि उपसभामुख भने ७ माघमा चयन गर्ने सचिवायलयको तयारी छ ।
सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित सांसदले उम्मेदवारी दर्ता गराउनेछन् । एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छैन । सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिनेबारे छलफल गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार