कांग्रेसले सभामुखमा उमेदवारी दिने, नाम छनोट गर्न २ बजे संसदीय दलको बैठक
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार १७:५६:१७
४ माघ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकबाट यस्तो निर्णय गरिएको हो । उम्मेदवारको नामबारे भने संसदीय समितिको बैठकले निर्णय गर्ने भएको छ । अहिले उम्मेदवार भने टुंगो लागेको छैन ।
बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने भएको छ । महिला पुरुष मिलाउनुपर्ने भएकाले अहिले उम्मेदवार टुंगो नलगाइएको हो । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।
दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने निर्णय गरिएको छ । त्यसअघि, अरू दलका नेताहरूसँग छलफल गरेर बहुमत जुटाउन प्रयास गर्ने बताइएको छ । आजै सभामुखको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले उमेदवारी दिने निर्णय भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । त्यसका लागि २ बजे संसदीय दलको बैठक बोलाइएको छ ।
त्यसअघि अन्य दलहरूसँग छलफल हुनेछ । आजै पदाधिकारी बैठकअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देउवालाई भेटेका थिए । भेटमा सभामुखबारे छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार