सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार २२:१२:१
४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रसिद्धि कमाएका नेपालका प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले इसा अवार्ड पाउने भएका छन् । मानव सेवामा समर्पित बहरेनको प्रतिष्ठित यो अवार्ड मंगलबार ‘‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले डा. रुइतलाई १० लाख अमेरिकी डलर अर्थात नेपाली १३ करोड रुपैयाँ बराबरको अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।
डा. रुइत नेपाललगायत अन्य देशका एक लाख ८० हजारभन्दा बढीको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेर ज्योति दिन सफल नेत्र विशेषज्ञका रुपमा विश्वमाझ परिचित छन् ।
उक्त अवार्डका लागि यस वर्ष विश्वभरबाट १३९ व्यक्ति तथा संस्था छनोटमा परेका थिए । तीमध्ये निर्णायकहरूले डा. रुइतलाई अवार्डका लागि छनोट गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार