युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्रीसहित १८ को मृत्यु
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार २२:२१:२३
४ माघ, एजेन्सी । बुधबार युक्रेनको राजधानी किभस्थित स्कुद नजिकै भएको हेलिकप्टर दुर्घटनामा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । राजधानी किभको एक स्कुल हाता नजिकै भएको दुर्घटनामा तीन जना बालबालिकासहित आन्तरिक मामिलामन्त्री र उनका सहायक मन्त्री गरी १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
बीबीसीका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूको अहिले नजिकका अस्पतालमा उपचार भइरहेको बताइएको छ । हेलिकप्टरमा मन्त्री डेनेस मोनास्टिर्स्कीसहित जम्मा ९ जना सवार थिए । आन्तरिक मामिलामन्त्री डेनेसका सहायकमन्त्रीको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रमुख इहोर किमेन्कोले युक्रेन सरकारको आपतकालीन सेवाको हेलिकप्टर दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । स्कुलबाट नजिकै हेलिकप्टर दुर्घटना भएपछि स्कुलका बालबालिका र कर्मचारीहरू भागेर सुरक्षित स्थानतर्फ गएका थिए । दुर्घटनाले किन्डरगार्डेन सञ्चालन भएको भवनमा पनि ठूलो क्षति पुगेको छ । साथै आगोको मुस्लो लागिरहेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार