सामुदायिक विद्यालयका लागि काठमाडौं महानगरले माग्यो १४५ शिक्षक
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार २२:४३:१
४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका लागि २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीको माग गरेको छ । उसले विद्यालयकाे एसईई नतिजा सुधार गर्ने उद्देश्यले यस्ताे निर्णय लिएकाे बताइन्छ ।
महानगरपालिकाको शिक्षा विभागले खुला विज्ञापन गर्दै शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न विद्यालयहरुमा अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको जनाएको छ ।
विभागले गणित, विज्ञान,अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच/पाँच जना माग गरेको छ । शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृत स्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएको व्यक्तिले सातदिनभित्र आवेदन दिन सक्नेछन् ।
त्यस्तै विभागले शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको लागि ६०/६० जना माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव आवयश्यक पर्ने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियान्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार