मधेस प्रदेशमा रोकिएको अधिवेशन गराउने एमालेको तयारी
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १६:२४:४५
५ माघ, महोत्तरी । नेकपा एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ । आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ । निर्वाचनपछि विवादित जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारीसँगै पुनः अधिवेशनको चर्चाले एमालेभित्र रस्साकस्सी सुरु भएको हो । लामो विवादका कारण ७७ वटै जिल्लामा अधिवेशन सकिसक्दा पनि महोत्तरी र मधेस प्रदेशमा अधिवेशन हुन सकेको छैन ।
मधेस प्रदेशबाट १५ चैतभित्र महोत्तरीको अधिवेशन सक्न निर्देशन दिने निर्णय भएको प्रदेश सचिवालय सदस्य सोमप्रसाद शर्माले जानकारी दिए । त्यस्तै, प्रदेशको अधिवेशन पनि चैत मसान्तभित्र सम्पन्न गर्ने गरी एमालेले गृहकार्य सुरु गरेको छ । ‘पहिले जस्तो विवाद नभएकाले निर्धारित समयमै अधिवेशन सम्पन्न हुनेमा हामी विश्वस्त छौं,’ सचिवालय सदस्य शर्माले भने ।
बुधबार बर्दिबासमा भएको एमाले मधेस प्रदेश सचिवालयको बैठकले विभिन्न चार विषयलाई प्राथमिकतामा राखेको छ । महोत्तरीको अधिवेशन १५ चैतमा र प्रदेशको अधिवेशन मसान्तसम्म सकाउने, १० माघसम्म सवै जिल्लाको पूर्ण बैठक सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।
आसन्न स्ववियु निर्वाचनको लागि पनि एमालेले आफ्ना विद्यार्थी संगठनलाई सक्रिय बनाउने भएको छ । विद्यार्थी संगठनहरुलाई गतिशील बनाई मधेस प्रदेशका क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि गहन गृहकार्य गर्ने निर्णय भएको प्रदेश सचिवालयले जनाएको छ ।
मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा भएको बैठकले मधेस प्रदेशको सरकारको विषयमा समेत छलफल गरेको छ । यसअघि सभामुख र भौतिक पूर्वाधार मन्त्रालय पाइसकेको एमालेले थप सामाजिक विकास मन्त्रालय र वन मन्त्रालय दाबी गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार