सभामुखमा घिमिरेलाई मत दिन माओवादी केन्द्रका सांसदहरूलाई प्रधानमन्त्रीकाे ह्वीप
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १७:६:२७
५ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न ह्वीप जारी गरेको छ।
बिहीबार हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । पार्टी अध्यक्ष तथता संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरेको जानकारी दिए ।
प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । तीमध्ये वर्षमान पुन ‘अनन्त’ ललितपुरस्थित अस्पतालमा उपचाररत छन् । उनी कलेजो प्रत्यारोपणका क्रममा छन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि सभामुखमा घिमिरेलाईनै मत दिने भएको छ । नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार