पोखरा विमान दुर्घटनाबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १७:२६:४२
५ माघ, काठमाडौं । संसद भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभाको बैठक जारी छ । बैठकमा सांसदहरुले समसामयिक विषयमा आवाज उठाएका छन् । नेपाली कांग्रेसका सांसद रमेश लेखकले सरकारले पोखरा विमान दुर्घटनाबारे सदनलाई गम्भीरतापूर्वक जानकारी गराउने नसकेको भन्दै आलोचना गरे ।
प्रमुख सचेतक लेखकले यो महत्वपूर्ण विषयमा जानकारी गराएर मात्र सदनको आजको काम–कारबाही सुरु गर्नका लागि ‘रुलिङ’को पनि माग गरे । उनेल भने, ‘सम्माननीय सभामुख महोदय, एटीआर ७२ विमान सेती नदीको खोचमा परेर दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको अवस्था छ । ५३ नेपालीसहित ७२ जनाले ज्यान गुमाएका छन् । आन्तरिक हवाई यातायातमा अहिलेसम्मकै ठूलो क्षति भएको छ र देश शोकमा छ । अन्तराष्ट्रिय रूपमा पनि यसका प्रति चासो देखिएको छ,” लेखकले भने, “धेरै शवहरू संकलन भएर पनि हस्तान्तरण नहुँदा आफन्त शोकमा आक्रोशित भएको अवस्था छ । यसले पर्यटन क्षेत्रलाई नराम्रो सन्देश छोडेको छ ।’
सभामुख चयन गर्न बसिरहेको बैठकमा बोल्दै सांसदले लेखकले दर्जनौं नागरिकको ज्यान जाने गरी भएको दुर्घटनाको अध्यायन, मृतकका शव वितरण तथा घटनाको अध्यायनबारे सदनमा जानकारीका सरकारलाई रुलिङ गराउन सभाध्यक्ष पशुपति शमसेर जबराको ध्यानाकषर्ण गराए । सरकार नागरिकप्रति गैरजिम्मेवार बन्न र समस्याप्रति मौन बस्ने छुट नभएको सांसद लेखको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार