संसदकाे कानून पालना नगर्नु सचिवालयको बल मिच्चाइँ होः सांसद सुवाल
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १७:४२:२८
५ माघ, काठमाडौं । संसद भवनमा जारी संसद बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा राख्ने क्रम जारी छ । यही क्रममा नेमकिपाका सांसद प्रेम सुवालले संघीय ससद सचिवालयले कानुन पालना नगरेको बताएका छन् ।
संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका अनिवार्य मानेको बताउँदै संसदले सरकार पक्ष र प्रतिपक्षको किटान नगरी बैठक संचालन गर्नु सदन संचालनसम्बन्धी कानुन विपरीत भएको बताए । प्रतिपक्ष टुंगो नलगाएसम्म संसद बैठक संचालन नगर्न सांसद सुवालले बैठकका अध्यक्षता गरिरहेका पशुपति शमसेर जबराको ध्यानाकर्षण गराए ।
सुवालले उठाएको प्रश्नबारे सभाध्यक्ष जबराले केही बताएनन् । सरकार गठनमा नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्र सहभागिता जनाएका छैनन् । गएको पुष २६ मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्वाचनमा सुवाल र जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले विपक्षमा मतदान गरेका थिए ।
संसदका सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारमा सहभागी नभएपनि सरकार गठनमा समर्थन गरेको छ । यसपछि सरकारको प्रतिपक्षमा नेमकिपा र जनमोर्चा मात्र रहेका छन् । संसदमा सरकार पक्ष र प्रतिपक्षकाे कुर्सी छुट्याउने कानूनी व्यवस्था छ । तर संसदकाे जारी बैठकमा सभाध्यक्षले केही बताएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार