सदनमा हत्याका अभियुक्त सांसदबारे प्रश्न उठेपछि गृहमन्त्री लामिछानेले भने- विधिभन्दा बाहिर जान मिल्दैन
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १९:८:९
५ माघ, काठमाडौं । आजको सदन बैठकमा हत्यामा संलग्नता र भ्रष्टाचार कसुरमा जिल्ला अदालतमा मुद्दा खेपिरहेका सांसदहरुमाथि प्रश्न उठेको छ । सभामुख निर्वाचनका लागि जारी बैठकमा नेपाली कांग्रेसका रामहरि खतिवडाले सदनमा बोल्दै व्यक्ति हत्याका अभियुक्तहरु बैठकमा उपस्थित रहेको भन्दै गृहमन्त्रालयको जवाफ माग गरे ।
मागबारे सदनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा हत्या आरोपित सांसदबारे मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने जवाफ दिए । आफूलाई कसैले कसैलाई पक्राउ गर्न र यसो गर, उसो गर भन्दैमा विधिबाट टसमस नहुने बताए ।
एमालेबाट महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी कोइरी महतो पटकपटक संसद बैठकमा उपस्थित हुँदा समेत पक्राउ नगरेको भन्दै सरकार र गृहमन्त्री लामिछानेको आलोचना व्यापक बन्दै गएको छ ।
मन्त्री लामिछानेले कोइरीलाई पक्राउ गर्ने या नगर्ने भन्नेबारे सदनमा स्पष्ट जवाफ दिन सकेनन् । उनले यसअघि संचारकर्मीसँगको कुराकानीमा कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका थिए । तर कोइरी पक्राउ पर्न सकेका छैनन् । भ्रष्टाचार कसुरमा अदालतमा मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका टेकबहादुर गुरुङ पनि पक्राउ गर्न सकेको छैन ।
कोइराी र गुरुङलाई नेपाली प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रचार गरेर संघीय संसद सचिवालयलाई अनुरोध गरेको थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार