सदनमा ओलीले दिएका अभिव्यक्ति विरोधाभाषपूर्णः नेता निधि
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १९:२:४
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर ४ को निर्वाचन सम्पन्न भएपछि बसेको संसद बैठकमा सत्ता पक्षका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएका अभिव्यक्ति विरोधाभाषपूर्ण हस्तक्षेपमूखि भएको आरोप लगाएका छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रे नेता निधिले ओलीले संसदमा दिएको अभिव्यक्तिले आम जनता पार्टीहरुसमेत झस्किएको बताए ।
नेता निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले संसद् र जनता नै झस्किएको दावी गरे । उनले फेरी विचमा नै संसद विगटन हुनेसक्ने अवस्थाको आकलन गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिदा कांग्रेस बाट ओली आफै झस्किन पुगेको पनि बताए । कांग्रेसको सरकारलाई समर्थन भएपछि एकलौटी गर्न नपाइने डर ओलीमा पलाएको उनको बताए ।
निभिले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले म नीति बनाउँछु सरकारले कार्यान्वयन गर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । सम्मानित व्यवस्थापिका र कार्यपालिका भन्दा माथि नीति बनाउने कुन स्थान र संयन्त्र छ । उहाँको यो अभिव्यक्तिले सदन झस्किएको छ, हामी झस्किएका छौ । जनता झस्किएका छन् ।’ नेता निधिले सर्वोच्चले व्याख्या गरिसकेका विषयमा पनि निर्देशनात्मक अभिव्यक्ति ओलीले दिइएको बताए ।
उनले ओलीले पहिलो दिनको संवोधनमा र विश्वासको मत दिने दिन संसद् विघटन प्रधानमन्त्रीको अधिकार हो प्रतिगमन होइन भनेर भनेको भनदै संविधान निर्माणका धेरै छलफलमा संसद् विघटन गर्न नपाइने प्रावधान राख्न सहमति भएर नै पटक पटक संसद विघटन हुने कुरालाइृ जानीबुझीकन यस्तो विषय राखिएको बताए ।
उनले त्यसलाई मान्दिन भनेर ओलीले गरिरहेको जिद्दिलाई जनआन्दोलनले गणतन्त्र ल्याउँछ भन्नु बयलगाढा चढेरअमेरिका जानु जस्तै भनेर दिएको अभिव्यक्तिसँग तुलना गरे । उनले ओलीको मनस्थिति बुझेर नै आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बलियो बनाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार