ठूला दलले हामीलाई खरायो बनाएर शिकार गर्न खाेजेका छन् : सांसद चौधरी
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १९:५५:३३
५ माघ, काठमाडौं । सभामुख निर्वाचित गर्न प्रतिनिधिसभाको जारी बैठकमा नागरिक उन्मुक्ति पार्टीले थारु बन्दीहरुको रिहाइको माग गरेको छ ।
बैठकमा दलको तर्फबाट बोल्दै सांसद गंगाराम चौधरीले संसदका ठूला दलले अहिले पनि साना देख्ने र सानो दल देख्ने चरित्र देखाइरहेको बताए । उनले जनावरको समूहको कथा सुनाउँदै आफूहरुलाई ठूला जनावरले खरायो ठान्ने र पेट भर्ने शिकार बाहेक केही नठान्ने विगतका व्यवहारको अनुभुत भएको बताए ।
पार्टीले टिकापुर घटनाका बन्दीहरुलाई तत्काल रिहाइ गर्ने सहमतिमा सरकार गठनमा समर्थन र प्रधानमन्त्रीलाई विश्वासको पक्षमा मत दिएको स्पष्ट पारे । आफूहरु जनताको समस्या समाधान गर्न र राज्यले झुठा आरोपमा बन्दी बनाइराखेका बन्दीहरुलाई रिहा नगरे आफूहरुले सरकारलाई दिएको समर्थन कायम नरहनसक्ने तर्फ संकेत गरे । जनावरको कथामाझैं भोको पेट भर्ने वस्तु र पेटभरि खान दिएपछि चुप लाग्ने विषय नठान्न उनले सरकार र सत्ता साझेदार दलहरुसँग आग्रह गरे ।
‘नागरिक उन्मुक्ति पार्टीलाई ठूला जनावरको शिकार मृग र खरायो ठानेर सिध्याउने कोशिस गरेको अनुभूत भइरहेको छ’ उनले भने, ‘अहिले गठबन्धनका उम्मेदवारलाई मत दिन्छौं, त्यसपछि पनि ठूला दलले घमण्ड नत्यागे सरकारको समर्थन के हुन्छ ? यसै भन्न सकिँदैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार