सप्तरीको डिमन टोलमा आगलागी हुँदा १० लाखको क्षति
नेपालबहस संवाददाता
माघ ७, २०७९ शनिबार १४:४०:६
७ माघ, सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका-४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएपछि १० लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन्।
आगलागीमा कंचनरुप नगरपालिका,राजविराज नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी र स्थानीयबासीहरुले झण्डै दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको प्रवक्ता सिंहले जानकारी दिएको छ ।
आगलागीमा मानवीय क्षति नभएपनि चौपाया, अन्नपात, लत्ता कपडा, भाँडाकुडा र फर्निचरका सामानहरु पूर्ण रुपले जलेर नष्ट भएको प्रहरी प्रबक्ता सिंहको भनाइ रहेको छ । आगलागीमा गुगली भने हरेराम यादवको गोठ घरभित्र बाँधि राखेको बाख्रा–१, खसी–२, भैंसीको पाडी–२ जलि मरेको र भैंसी–१ घाइते भएको हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको चौपायाको ज्यान गएको हो ।
यसैगरी तेज नारायण यादवको वाल र जस्ताको छानो भएको बस्ने घरमा आगो लागी काठको बकस थान–२, चामल १० मन, पंखा ५ थान, एलसिडी टिभी ३२ ईन्चको १ थान, रेडमी मोबाईल–१ थान, सुन चाँदीको गहना र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।
यस्तै ओम नारायण यादवको बाँसको टाटी बेरा जस्ता पत्ताको छानो भएको घरमा आगो लागी नगद ५४ हजार, चामल १० मन, धान १० मन, भाँडाकुडा लत्ताकपडा र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति गरि ९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार