जीवित शिशुलाई मृत घोषित गर्ने ३ स्वास्थ्यकर्मी कारबाहीमा
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार २२:४३:५३
५ माघ, काठमाडौं । विराटनगरमा संचालित कोशी अस्पतालका ३ स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । अस्पताल प्रशासनले डा. आकाश यादव, दुई पारामेडिकल अफिसर टिका अधिकारी र लक्ष्मण माझीलाई ७ दिनका लागि निलम्बन गरेर घटनाको छानबिन सुरु गरेको हो । तीनै जनासँग २४ घण्टे स्पष्टीकरण पनि मागेको छ ।
यादवले बुधबार उपचारका लागि कोशी अस्पताल ल्याइएकी १८ दिने जीवित शिशुलाई मृत घोषणा गरेका थिए । जहदा–३ भाथीगछका दिलीप मुखियाले उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा ल्याएको र यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार नै नगरी मृत घोषणा गरिदिएको पीडित पक्षको दाबी छ ।
आफन्तले दाहसंस्कारको तयारीसहित शिशुलाई डिस्चार्ज गरी घर लाने तयारी भइरहँदा हात–खुट्टा चलाएपछि शिशु जीवित रहेको खुलेको थियो । पछि शिशुलाई उपचारका लागि गोल्डेन हस्पिटल भर्ना गरेका थिए ।
शिशुका आफन्तको समूहले डा. यादवमाथि कुटपिट गरेका थिए ।
घटनाको छानबिनका लागि अस्पतालका बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार समितिमा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य रहेका छन् ।समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार