फ्रान्स सरकारको अनिवार्य अवकाश म्याद बढाउने योजनाविरुद्ध हडताल
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार २२:५७:३
५ माघ, एजेन्सी । सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारे भने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् । देशव्यापी यो हडताललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँको परीक्षाको रुपमा हेरिएको छ ।
प्रस्तावित नयाँ नियमअनुसार निवृत्ति भरण पाउन अब धेरै समय काम गर्नुपर्नेछ । अनिवार्य अवकाशमा जाने विद्यमान ६२ वर्षको उमेरलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।
देशमा वृद्धहरूको सङ्ख्या बढ्दै गएको तथा देशवासीको औसत आयु पनि वृद्धि भइरहेको छ । साथै उनीहरूले राज्यबाट निवृत्तिभरण पनि प्राप्त गर्दै आएका छन् । राष्ट्रपति म्याक्रोँले भने विद्यमान प्रणालीमा देखिएका समस्या समाधान गर्न प्रस्ताव गरिएको बताए ।
कर्मचारी सङ्घसङ्गठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन सङ्र्घबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् । नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार