वालिङ गोल्डकपमा प्रभु समूहले देखायो ताण्डव: विना सूचना खेल मैदानमा हेलिकप्टर अवतरण, कुटिए चालक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार २३:२:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/devi-bhatta_0uFK9iwCpd.jpg)
५, माघ, स्वाङजा । नेकपा एमालेका सांसद देवी भट्टचन नेतृत्वमा प्रभु समूह अन्तर्गत रहेको प्रभु हेलिकोप्टरले स्याङ्जाको वालिङमा भइरहेको अन्तर्राष्ट्रिय स्तरको वालिङ गोल्डकपमा ताण्डप मच्चाएको छ । वालिङमा फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहँदा बिहीबार मदिरा पिएर खेल मैदानमा नै हेलिकप्टर अवतरण गरेपछि फुटबल मैदान रणभूमिमा परिणत भएको थियो ।
बिहीबार दिउँसो खेल चलिरहेका बेला आँधीखोलामा गिटी बालुवाको ठेक्का चलाउँदै आएका ठेकेदार विनोद गैरे र हेलिकोप्टर चालक रनेश डंगोलले पोखराको एक होटलमा अनियन्त्रित रुपमा मदिरा सेवन गरी खेल हेर्न प्रभु कम्पनीको हेलिकोप्टर लिएर वालिङ पुगेका थिए । सुरुमा खेल मैदान नजिकै रहेको पूर्णभवानी उच्च माविमा उक्त हेलिकोप्टर अवतरण गर्न खोजिएको थियो । तर, पाइलट नसामा चुर भएकाले विद्यालय हातामा अवतरण गराउने कार्य सफल हुन सकेन ।
अवतरण हुन नसकेर अनियन्त्रित भइरहेको हेलिकोप्टर पाइलटले खेल भइरहेको मैदानमा लगेर धसारेका थिए । अचानक रुपमा खेल भइरहेको ठाउँमा हेलिकोप्टर अवतरण हुँदा सबै आश्चर्यचकित भएका थिए । तर, केहीबेरमा नै उक्त हेलिकोप्टरबाट ठेकेदार गैरे र हेलिकोप्टर चालक मातेर लरबराउँदै जथाभावी अपशब्द प्रयोग गर्दै बाहिर आएपछि एकाएक तनाव उत्पन्न भएको थियो । ठेकेदार गैर र चालकले देवी भट्टचनको नाम लिँदै हाम्रो अनुमति बिना कसले खेल खेलाएको भन्दै खेल रोक्ने धम्की दिएपछि हानाहान सुरु भएको एक स्थानीयवासीले बताए । ।
स्थानीयका अनुसार खेल खेलिरहेका खेलाडी र दर्शकले गैरे र चालकलाई रामधुलाई दिन थालेपछि गैरे त्यहाँबाट फरार भएको स्थानीयको भनाइ छ । चालक पनि धुलाइकै क्रममा फुत्केर हेलिकोप्टरमा चढेर भागेका थिए । खेल चलिरहँदा प्रभु कम्पनीको हेलिकप्टर मैदानमा अवतरण भएपछि झडप भएको हो । बिना सूचना फुटबल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई रामधुलाई गरेका हुन् ।
स्थानीयको कुटाइपछि पाइलटसहित गैरे र हेलिकप्टरमा त्यहाँ पुगेका सबै सामान्य घाइते भएका थिए । झपड भएपछि वालिङबाट प्रहरीहरु उद्दार गर्न लाग्दा चालक भागेका हुन् । प्रहरीको सुरक्षापछि केहीबेरमा हेलिकप्टर उडेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले नेपालबहसलाई जानकारी दिए । यता, कम्पनीले भने यो घटनाप्रति कुनै प्रतिक्रिया दिएको छैन् ।
हेलिकप्टर आकष्मिक अवतरण नभई ठेकेदार गैरेको बलजफ्तिमा मैदानमा अवतरण गरिएको पाइलटले बताएको स्थानीयले बताएका छन् । केही समय झडपको स्थिति बनेपनि केहिबेर पछि स्थिति सामान्य भएर खेल सुचारु भएको छ । हेलिकोप्टरका मालिक देवी भट्टचन हुन् । उनी पहिले नेपाली कांग्रेससँग आवद्ध रहेपनि अहिले ठूलो नजराना चढाएर नेकपा एमालेबाट समानुपातिक सांसद बनेका छन् । उनी प्रभु बैंकका सञ्चालक पनि हुन् । उनको कम्पनीको हेलिकोप्टर बिना अनुमति मात्र गएको थिएन , चालक मदिराले लठ्ठसमेत परेका थिए ।
यसरी स्थानीयको प्रयासमा प्रभु समूहको लापर्वाहीले वालिङमा हुन लागेको ठूलो दुर्घटना टरेको छ । यस्ता कम्पनीले राखेका सेवाका साधन र तिनको प्रयोगका लागि राखिएका व्यक्तिहरुमााथि निगरानी नगर्दा देशमा ठुला ठुला घटनााहरु घटेका छन् ।
माघ १ मा मात्रै यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाउन पुगेका छन् । बिहीबार प्रभुको हेलिकोप्टर पनि ठूलो दुर्घटनाबाट बचेको छ । स्थानीयले यसरी लापवार्ही गर्ने कम्पनी र चालकमाथि कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । उक्त हेलिकोप्टर क्पाप्टेन रनेश डंगोल रहेको र उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल कारवाही गर्नुपर्ने माग स्थानीय र खेल आयोजकको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
जसपाका मन्त्रीहरूले दिए राजीनामा
असार २१, २०८१ शुक्रबार
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
असार २१, २०८१ शुक्रबार
छुम्बी लामा बने क्यानको प्रवक्ता
असार २१, २०८१ शुक्रबार
आइतबारसम्म बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
असार २१, २०८१ शुक्रबार
भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ बेपत्ता, सातजना घाइते
असार २१, २०८१ शुक्रबार