काठमाडौंमा नसकेपछि श्री एयर झापा र नेपाल एयरलाइन्स कोलकातामा अवतरण
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १६:२२:१२
६ माघ, काठमाडौं । बाहिरबाट काठमाडौंका लागि उडेका जहाज त्रिभुवन अतर्राष्ट्रिय विमान स्थलमा अवतरण हुन नसकेपछि बाहिर लगेर अवतरण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकारणका अनुसार आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम भएकाले विमान अवतरण गर्न नसकिएको हो ।
काठमाडौंमा अवतरण गर्न नसकेपछि बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ भने मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि कोलकता लगेर अवतरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको हो ।
नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको विमान स्थल कर्मचारीले बताएका छन् ।
यस्तै बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले नेपालबहसलाई जानकारी दिए ।
भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको प्रवक्ता सिटौलाले जानकारी दिए । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको थियो । खराव मौसममा सुधार आएपछि ति विमान काठमाडौं आउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार