उपसभामुखको उम्मेदवारबारे देउवा निवास धुम्बाराहीमा छलफल
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १६:५२:३०
६ माघ, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको नेपाली कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल गरिरहेको छ । यसबारे निर्णय गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।
बैठकमा उपसभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । कांग्रेसले उपसभामुख पदमा उमेदवारी दिने तयारी गरेको छ । प्रतिनिधिसभाको उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ ।
कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका अरू दलबाट उमेदवारी दिने भनिए पनि त्यो सम्भव हुने अवस्था नरहेको उनको भनाइ छ । उनले भने, ‘अरू दललाई दिने भनिएको थियो, जसले हिजो हामीलाई सहयोग गरे । तर, उनीहरूसँग महिला उमेदवार भएनन्, नेकपा (एस) र लोसपा सँग । अर्को कुनै दल गठबन्धनमा आए उमेदवार बनाउने हा । सभामुख पुरुष भएकाले अब महिला उमेदवार चाहिने भयो । अहिलेको परिस्थिति हेर्दा कांग्रेसलेनै उमेदवारी दिन्छ । हामी सल्लाह गर्दै छौँ । केही बेरमा बैठकले निर्णय गर्छ ।’
सभामुख पदको निर्वाचनमा कांग्रेस उमेदवारलाई नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले सघाएका थिए । ती पार्टीबाट उपसभामुखको उमेदवार बनाउने पूर्वतयारी थियो । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उपसभामुखमा उमेदवारी दिन एकीकृत समाजवादी र लोसपामा महिला सांसद नभएकाले कांग्रेस नै अघि सर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार