काठमाडौंकाे भिजिविलिटीमा सुधार, हाेल्डमा रहेका सबै जहाज अवतरण
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १७:५५:२४
६ माघ, काठमाडौं । काठमाडौं उपत्यकाको भिजिविलिटीमा सुधार आएको छ । बाक्लाे हुस्सु अर्थात कम भिजिविलीटीका कारण त्रिभुवन विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको उडान–अवतरण सामान्य बन्दै गएको छ ।
विमानस्थलमा बिहानीपख भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो ।
विमानस्थल कार्यालयका अनुसार अहिले भिजिविलिटी ३ हजार मिटर पुगेको छ । जसले गर्दा उडान सामान्य बनेको छ ।
यसअघि अवतरण गर्ने जहाजहरु भीएफआर प्रणालीबाटै अवतरण गराउनु परेको छ । जसले गर्दा अवतरणलाई केही समय लाग्ने हुँदा आकाशमा जहाजहरु लाइन (होल्ड)मा बस्नु परेको थियो ।
सुधारसँगै होल्डमा रहेका सबै जहाज अवतरण भइसकेका छन् । बिहान नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाजलाई भद्रपुर र क्वालालाम्पुरबाट आएको जहाजलाई कोलकाता पठाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार