राफ्टिङ व्यवसाय संकटमा, लगानी गुमाउँदै व्यवसायी
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १८:८:१६
६ माघ, काठमाडौं । साहसिक पर्यटनको सूचीमा रहेको राफ्टिङ व्यवसाय संकटमा परेको छ । अहिले उो व्यवसाय शून्य अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।
व्यवसाय फस्टाएको बेला नेपाल एसोसिएसन अफ राफ्टिङ समेत गठन भएको थियो । व्यवसायीहरु यसैमा आवद्ध भएर व्यवसायलाई मर्यादित र प्रचार प्रसारमा लैजान खटिन्थे ।
तर पछिल्लो समयमा कोरोना महामारीका कारण थला परेको यो व्यवसाय उठ्न सकेको छैन । व्यवसायीहरु विस्थापित भएका छन् । एसोसिएसनका अध्यक्ष शिव अधिकारीले अहिले राफ्टिङ व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताए । नेपाल आउने ५० प्रतिशत पर्यटक राफ्टिङ गर्न आएकामा अहिले ह्वात्तै घटेको उनले बताए ।
राफ्टिङ हुने नदीहरूमा विदेशी पर्यटक भेट्नसमेत मुश्किल भइसकेको उनको भनाइ छ । यससँगै कराेडाैं रूपैयाँ डुब्ने अवस्थामा पुगेकाे उनले बताए । राफ्टिङ संकटमा पर्नुको कारण नदीहरूमा जलविद्युत आयोजना हुनु मुख्य कारण भएकाे उनकाे भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार