फिल्म ‘एक्स ९’बाट बाहिरिए अनमोल
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार २०:११:५३
६ माघ, काठमाडौं । अभिनेता अनमोल केसीले लकडाउनमा सम्झौता गरेको फिल्मबाट हात निकालेका छन् । फिल्म ‘एक्स ९’बाट उनी बाहिरिएका हुन् । निर्धारित समयमा छायांकन सुरु नभएको र आफूले अरु फिल्मलाई समय दिनुपर्ने भएकाले अभिनेताले फिल्म छाडेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार फिल्मबाट बाहिरिएसँगै अभिनेता केसीले निर्मातालाई फिल्म साइन गर्दा बुझेको पेश्की रकम फिर्ता गरिसकेका छन् । लकडाउनमा अनमोलले फिल्मका लागि शरीर कसिलो बनाउन राम्रै मिहिनेत गरेका थिए । शाकाहारी उनले माछा–मासु समेत खाना थालेका थिए । उनले केही महिना एक्सनको तालिम समेत लिए । तर, निर्माताहरुबीच उत्पन्न असमझदारीका कारण फिल्म निर्माण हुन नसक्दा उनको मिहिनेत खेर गएको बताइएको छ ।
गत साउनमा निर्माता तथा निर्देशक मुकुन्द भट्टले नीति शाहलाई अभिनेत्रीमा भित्राउँदै फिल्म निर्माण नहुने भन्ने बजारको हल्लालाई चिरेका थिए । लोकेशन हेर्न उनी क्यानडा समेत पुगे । त्यस मौकामा उनले ‘हिम्मतवाली’ फिल्मका हिरो सुदर्शन थापालाई पनि कलाकारमा अनुबन्धित गरे । तर, एकपछि अर्को कलाकारसँग सम्झौता गर्नेबाहेक फिल्मको अरु केही काम हुन सकेको देखिन्न ।
फिल्ममा बलिउड सुपरस्टार सुनिल सेट्टीको पनि अभिनय रहने भन्दै निर्माण टिमले ठूलै डंका पिट्यो । तर, निर्माता र निर्देशकले सुनिलसँग मुम्बईमा फोटो खिचाउनेभन्दा अरु उपलब्धि हुन सकेको छैन । यस फिल्ममा पुष्प खड्का, सौगात मल्ल, अनुपविक्रम शाहीलगायतका कलाकार पनि अनुबन्ध भैसकेका छन् । तर, कामभन्दा हल्ला ठूलो हुँदा ‘एक्स ९’को निर्माण अन्योल बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार