केपी ओलीले किन गरे विदेशी सैनिक अड्डाको चर्चा ?
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार २०:१७:३०
६ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभित्र विदेशी सेनाको अड्डा राख्न नदिने चर्चा चलाएका छन् ।
उनले शुक्रबार आफ्नो पार्टीको परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको विदेश नीति तथा अन्तराष्ट्रिय सम्बन्ध’ विषयक दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देशभित्र अन्य देशको सैनिक गतिविधिहरू नेपालमा हुन नदिने तर्क गरे । उनले खुलेआम अन्य देशका सैनिक अड्डाहरू नेपालमा राख्न नदिने बताए ।
उनले विदेशी सैनिक अड्डाबारे चर्चा गर्नुलाई गम्भीर रुपमा लिइएको छ । नेपालभित्र अमेरिका सैनिक अखडा स्थापना गर्न विकासमा सहयोग गर्ने बहानामा एमसीसी परियोजना ल्याएर छिरेको तर्कलाई विगतमा ओलीले खण्डन गर्दै आएका थिए । तर उनले एमसीसीलाई स्वागत गरेका थिए ।
एमसीसी संसदबाट पारित भएको केही महिनापछि नै उनी देशभित्र बाह्य सेनाको अड्डा चल्नसक्ने त्रासबीच उनले झिनो स्वरमा अड्डा राख्न नदिने भन्नुपर्ने अवस्थामा पुगेका हुन् ।
एमसीसी देशको समृद्धिमा ठूलो योगदान गर्न आएको ‘स्वच्छ’ सहयोगी बताएर नथाक्ने ओलीलाई अहिले विदेशी सेनाले देशिभत्र स्थान लिने चिन्ता पर्नुमा अस्वभाविक मान्न थालेका छन् । एमसीसीबाहेक सरकारले कुनैपनि विदेशी सहायता सम्झौतामा आफ्नो देशको सुरक्षामा छिट्टै चुनौति खडा हुन सक्ने किसिमका सम्झौता गरेको पाइँदैन ।
तर एमसीसी एस्तो सम्झौता हो, जसको कार्यान्वयनका क्रममा नेपालकै कानून निकम्मा बनाउने किसिमबाट भएको छ । अमेरिका विदेश मन्त्रालयले नै एमसीसी उनको सैन्य रणनीति ‘इन्डो प्यासिफिक’को अंगको रुपमा व्याख्या गरेको छ । ‘इन्डो प्यासिफिक’ दक्षिण एसियाबाट चीनलाई ‘घेरा’ हाल्ने योजनामुताविक गठिन सैन्य मानिन्छ । सोहीअन्तर्गतको एमसीसी एमालेले स्वीकारेको अवस्था छ । उनी प्रधानमन्त्री छँदा सभामुख अग्नि सापकोटालाई एमसीसी सम्झौतालाई संसदमा छलफलका प्रस्तुत गर्न निकै दबाब दिएका थिए । अन्ततः एमसीसी देशको हितमा निर्णय लिने सौर्वभौम संसदबाट पारित गरियो । सम्झौताले देशको सुरक्षा व्यवस्थालाई चुनौति दिने अवस्थामा आएमा संसदबाट मात्र खारेज गर्न सकिन्छ ।
ओलीले कहाँबाट, कसले नेपालभित्र सैन्य अड्डा बनाउन खोजियो भन्नेबारे मौन बसेका छन् । यदि स्थापनाको संभावना थिएन भने यसबारे अभिव्यक्ति दिनु सामान्य मान्न नहुने भन्दै आलोचना सुरु भएको छ ।
‘देशमा कसैको पनि मिलिट्री बेस, सैनिक गतिविधि वा त्यस्ता अड्डाहरू हाम्रो देशमा राख्न दिँदैनौँ,’ उनले भने, ‘कसैले राख्यो भने हाम्रा लागि अहित हुन्छ, सार्वभौमसत्तामाथि अतिक्रमण हुन्छ’ ओलीले शुक्रबार भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार