धर्मेन्द्रलाई प्रधानमन्त्रीको प्रस्ताव, ‘कम्युनिष्टको एउटा केन्द्र बनाऊ’
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार २१:१६:१३
६ माघ, काठमाडौं । नेत्रविक्रम नेतृत्वबाट अलग भएर नेकपा बहुमत खोलेका नेता धर्मन्द्र बास्तोलाले आफ्ना पूर्व अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । विभिन्न मागसहितको ज्ञापनपत्र लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बास्तोला नेतृत्वको टोली शुक्रबार दिउँसो सिंहदरवार पुगेको थियो । भेटमा सबै कम्युनिष्ट एक हुनेपर्ने विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । उनले संविधानमा समाजवाद उन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा नलेखिएको भन्दै यसमा विशेष अर्थ रहेको बताए । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस र छलफल चलिरहेको भन्दै प्रचण्डले नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यस विषयमा छलफल सुरू भएको र यसमा रचनात्मक भूमिका खेल्न बास्तोलालाइ ृआग्रह गरे ।
भेटको क्रममा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न माग प्रस्तुत गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएको बताए ।
प्रधानमन्त्रीले भनेका थिए, ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु ।’ यस क्रममा प्रधानमन्त्री चण्डले जनयुद्ध, थारु, मधेस लगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरूको रिहाइका लागि सरकार गम्भीर रहेको बताउँदै कम्युनिष्ट केन्द्रीय धरमा आएर सहकार्य गर्न बास्तोलासँग आग्रह गरेका थिए । प्रचण्डसँग छुट्टिएर मोहन बैध हुँदै चन्दसमूहमा पुगेका बास्तोलाले सो समूह छाडेको लामो समयपछि प्रचण्डलाई भेटेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार