टि-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्ष
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार २१:२३:७
६ माघ, काठमाडौं । हालै सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा ‘स्पट फिक्सिङ’ भएको पाइएको छ । लिगमा स्पट फिक्सिङ भएको भन्ने समाचार बाहिरिएपछि सिआइबीले डीएसपीकाे नेतृत्वमा टिम बनाइ अनुसन्धान गरिरहेको थियो ।
डिएसपीको नेतृत्वमा भइरहेको अनुसन्धानले स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी स्राेतले जनाएकाे छ । ‘स्पट फिक्सिङ’मा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेकाे बताइएकाे छ । अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन अर्को हप्ता सार्वजनिक गरिने स्रोतले जनायो ।
‘स्पट फिक्सिङ’मा केही व्यवस्थापन पक्षका अधिकारी, केही खेलाडी र अन्य केही व्यक्तिको संलग्नता देखिएको बताइएको छ ।
पुस २८ गते सकिएको लिग सुरू देखिनै विवादित थियो । लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले बिचमै भूमिका छाडेका थिए । उनले भूमिका छाडेपछि उनले लिगमा म्याच फिक्सिङ नभई स्पष्ट फिक्सिङ भइरहेको खुलासा गरेका थिए ।
नेपाल टी(२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग संचालनमा शंका र विवादित बनेको थियो । लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत हिँडेका थिए ।
लिग विवादित बनेपछि अनुसन्धानका लागि आइसिसीका प्रतिनिधि टोली समेत नेपाल आएका थिए । टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो ।
लिगमा सहभागी काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिममा फिक्सिङका लागि प्रस्ताव आएको बताएका थिए ।
साथै क्यानले वीर सिंहको नेतृत्वमा खडा गरेको एन्टी करप्सन युनिट लिगमा फिक्सिङसहित अवैध गतिविधिको उजुरी आएको थियो । नियमअनुसार पहिला युटिनमा उजुरी पर्नुपर्ने व्यवस्था छ । अनुसन्धानका लागि सीआईबीमा पनि उजुरी परेकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार