विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
नेपालबहस संवाददाता
माघ ६, २०७९ शनिबार ३:१७:५१
६ माघ, भक्तपुर । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी यात्रु र चालकदलका सदस्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आज भक्तपुरको पाँच तले मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरिएको छ ।
गैरसरकारी संस्था महासङ्घ, नेपाल रेडक्रस सोसाइटी, योग जिल्ला समन्वय समिति, पातञ्जल योग समिति भक्तपुर, टौमढी युथ क्लब, मानव कल्याण समाज, हनुुमन्ते नदीसफाइ अभियानलगायतका विभिन्न संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरिएको हो ।
मृतक ७२ जनाको स्मरण गर्दै उनीहरुको आत्माको चीरशान्तिको कामनासहित दीप प्रज्वलन गरेर प्रार्थना गरेको पातञ्जल योग समितिका महासचिव नवराज काफ्लेले जानकारी दिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गैसस महासङ्घ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेलगायतले मृतकप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवाप्रति समवेदना प्रकट गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार