उपसभामुखको चुनाव आज, रास्वपाकी रानामगर र कांग्रेसकी यादवबीच प्रतिस्पर्धा
नेपालबहस संवाददाता
माघ ७, २०७९ शनिबार १८:२४:२०
७ माघ, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा आज निर्वाचन हुँदैछ । शुत्रबार उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट रास्वपाकी समानुपातिक सांसद रानामगरले उम्मेदवारी दिएकी हुन् ।
उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् । यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक रहेका छन् ।
कांग्रेसले एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो । रानामगरको पक्षमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी छन् । बिहीबार भएको सभामुखको निर्वाचनमा यही गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका थिए । संसद् सचिवालयले उपसभामुखको निर्वाचनको कार्यक्रम शनिबार तय गरेको छ ।
कांग्रेसबाट उम्मेदवारी दिएकी यादव पार्टीकी केन्द्रीय सदस्य हन् । उनी राष्ट्रिय सभाकी पूर्वसांसदसमेत हुन् । उनी २०७४ मा मधेस प्रदेशबाट दुई वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । त्यसअघि उनी २०७० मा समानुपातिक सांसद थिइन् । यो उनको तस्रो कार्यकाल हो ।
शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले झापाकी रानामगरलाई अघि सारेको हो । उनी सामाजिक क्षेत्रमा स्थापित भइसकेकाले उपसभामुखमा अघि सारेको रास्वपाले जनाएको छ । बन्दी सहायता नेपालकी संस्थापक उनले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने काम गर्दै आएकी थिइन् ।
प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्न लागेको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । यसबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले आह्वान गरेको सर्वदलीय बैठकमा छलफल भइरहेको छ । सभामुख भएपछि उनले पहिलोपटक संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएर उपसभामुखको निर्वाचन लगायतका विषयमा छलफल गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार