सुरक्षा संयन्त्रले काम नगरेको हो कि गृहमन्त्रीले नगरेको ?: कांग्रेस सांसद पाण्डे
नेपालबहस संवाददाता
माघ ७, २०७९ शनिबार २०:२२:३३
७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले ज्यान मुद्दामा फरार अभियुक्त लक्ष्मी महतो कोइरीलाई किन पक्राउ नगरिएको भन्दै प्रश्न उठाएका छन् । शनिबारको संसद बैठकमा पाण्डेले गृह मन्त्रालयले सांसद कोइरीलाई किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएका हुन् ।
उनले सुरक्षा संयन्त्र र गृह मन्त्रालयले किन काम गर्न नसकेको भन्दै प्रश्न गरे । ‘आजै मात्र कुरा उठ्यो, ज्यान मुद्धामा फरारलाई किन समातिएन ? गृह मन्त्रालयले निर्देशन दिएको छ । त्यो पालना भएन, उनले भने, या त गृहमन्त्रीले दिएको निर्देशन पालना गर्ने संयन्त्र भएन या त निर्देशन समिति भयो । यस्ताे ढंगले कसरी चल्छ ?’
उनले सरकारलाई विश्वासको मत मात्र दिएको भन्दै कांग्रेसले सरकारलाई समर्थन भने नदिएको उल्लेख गरे । पाण्डेले सभामुखमा सत्ता पक्षको उम्मेदवार निर्वाचित भएपछि उपसभामुखमा प्रतिपक्षबाट निर्वाचित हुँदा राम्रो हुने बताए । शनिबार प्रतिनिधिसभामा मुक्ताकुमारी यादवलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद पाण्डेले संविधानको आशय अनुसार पनि उपसभामुख प्रतिपक्षले पाउँदा राम्रो हुने बताए ।
’संविधानले भिन्न दल भनेको छ । फरक दल भनेको फरक पक्ष हो । सत्ता पक्षले प्रस्ताव गरेको व्यक्ति सभामुखमा निर्वाचित भएपछि प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति उपसभामुखमा निर्वाचित हुँदा संसद्को गरिमा अझ बढ्छ । इन्दिरा राना मगर पनि उत्तिकै सम्मानित व्यक्ति हुनुहुन्छ । दुवै जना उत्तिकै सम्मानित व्यक्ति हुनुहुन्छ । भौगोलिक हिसाबले पनि सभामुख र उपसभामुख एउटै क्षेत्रबाट हुने भएकाले पनि भौगोलिक विविधताका हिसाबले मुक्ताकुमारी यादवलाई निर्वाचित गर्नुपर्ने हुन्छ,’ उनले भने ।
मुक्ताकुमारी एक अनुभवी व्यक्ति भएकाले पनि संसद्को गरिमा बढाउन उनलाई जिताउन आवश्यक रहेको पाण्डेले बताए । उनले भने, ’मुक्ताकुमारी यादव मधेसकी चेली हुनुहुन्छ । उहाँ एउटा अनुभवी व्यक्ति हुनुहुन्छ, संसदीय पद्धति र अभ्यासभित्र उहाँ एक अनुभवी हुनुहुन्छ । २०७० सालमा संविधानसभा र २०७४ मा राष्ट्रिय सभा सदस्य हुनुभयो । उहाँले संसदीय समितिमा बसेर पनि कुशलतापूर्वक भूमिका निर्वाह गर्नु भएको छ ।’
त्यस्तै पाण्डेले सभामुख देवराज घिमिरेलाई बधाई दिँदै सभालाई निष्पक्ष ढंगले सञ्चालन गर्ने अपेक्षा लिएको बताए । उनले अगाडि भने, ’संसदीय अभ्यासका अनगिन्ती अनुभवहरू छन् केही तिता अनुभव छन् केही मीठा अनुभव छन् । केही सकारात्मक नजिरहरू छन् केही नकारातम्क नजिरहरू छन् । यी कुरालाई मध्यनजर गर्दै यहाँले सभालाई सञ्चालन गर्नुहुनेछ भन्ने आशा छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार