मुसहरसँग मतदाता परिचयपत्र छ तर नागरिकता छैन
नेपालबहस संवाददाता
माघ ७, २०७९ शनिबार २१:१४:२९
७ माघ, चितवन । चितवनको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन् । उनीहरुसित मतदाता परिचय पत्र त छ तर नागरिकता भने छैन ।
खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन् । उनीहरुको अघिल्लो पुस्ता पनि नागरिकताबाट वञ्चित थियो । बाइस वर्षीय अनिल माझिले कक्षा ६ सम्म अध्ययन गरिसकेपछि जन्मदर्ता नभएका कारण अध्ययनलाई निरन्तरता दिन सक्नु भएन । वर्षौदेखि आफ्ना पूर्खा यहीँ बसेका भए पनि अहिलेसम्म नागरिकता नपाउँदा विभिन्न समस्या झेल्नु परेको उनी बताउछन ।
“नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गरेर शिक्षा दिन पाएका छैनौँ,” माझीले भने । नागरिकता नहुँदा दैनिक मजदूरी गरेर कमाएको पैसासमेत बचत गर्न नपाएको उनको गुनासो छ ।
यस्तै गुनासो सुनाउछन, ५५ वर्षीया एमपी माझी । “लामो समयदेखि नागरिकता पाउन सकेका छैनौँ ।” उनले पटक–पटक वडा कार्यालयमा गएर नागरिकता माग्दा ‘तिमीहरुलाई किन चाहियो नागरिकता’ उल्टै प्रश्न गर्ने गरेको दुःखेसो पोखे ।
नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गर्न नपाएको उल्लेख गर्दै माझी छोराछोरीलाई पढाएर रोजगारीका लागि विदेश पठाउने सपना चक्नाचुर भएको बताउछन । उनले भने, “नागरिकता बनाउन पाए छोराछोरी कतै काम गर्न जान पाउँथे । कमाएको पैसा बचत गर्न सकिन्थ्यो ।” नागरिकता नहुँदा आफुहरु ठगिएको स्मरण गर्दै उनले भने, “हामीले एक व्यक्तिको नाममा विश्वास गरेर सामुहिक बचत पनि गरेका थियौँ तर उसले हाम्रो पैसा लिएर फरार भयो ।”
आफूहरुसँग मतदाता परिचय पत्र भने भएको उनले बताए । हरेक निर्वाचनमा साविकको कठार गाउँपालिकाबाट मतदान गर्दै आएका छन, तर नागरिकता बनाउन खोज्दा समस्या भएको माझीको भनाइ छ । दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्दै आएको मुसहर समुदायलाई व्यवस्थितरुपमा राख्नका लागि २०७६ सालमा जनता आवास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण गरिएको थियो ।
एकीकृत बस्ती निर्माण भएर सुरक्षित बसोबासको व्यवस्था भए पनि आफूहरु नागरिकताबाट वञ्चित भएको २५ वर्षीय प्रकाश माझी बताउछन । वडा कार्यालय र राजनीतिक दलहरुले आफ्नो समस्याप्रति बेवास्ता गरेको उनको गुनासो छ । माझीले भने, “विदेश गएर कमाउन पनि नागरिकताका कारण सकिएको छैन ।”
एकीकृत मुसहर बस्तिमा हाल १४ घरमा २८ परिवार बस्दै आएका छन् । एक सय पाँच जनाको बसोबास रहेको सो बस्तीमा ४१ बालबालिका छन् । बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनुपरेको छ ।
खैरहनी–१० का वडाध्यक्ष चन्द्रविक्रम चौधरीले पालिका र प्रशासनसँग समन्वय गरी नागरिकता बनाउने काम अघि बढाउने बताए । “मुसहर बस्तिका बासिन्दाको जीविकोपार्जनका लागि आत्मनिर्भरका कार्यक्रम ल्याउँदै छौँ”, उनले भने ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले वंशज खुल्ने कागजपत्र नभएका कारण नागरिकता नपाएको हुनसक्ने बताए । उनले भने, “पूर्खाको पालादेखि बसोबास गरेको हकमा हामी नागरिकता दिन सक्छौँ ।” वडा कार्यालयबाट सिफारिस आए सहज रुपमा नागरिकता दिन सकिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार