ऋण नतिर्ने व्यवसायीले वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्न मिल्दैनः गभर्नर
नेपालबहस संवाददाता
माघ ७, २०७९ शनिबार २२:२८:१०
७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट ऋण लिएर लिएको ऋण नतिरि बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्नु गलत भएको बताएका छन् । उनले बैंकबाट लिएका ऋण र त्यसको व्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु वित्तीय अराजकता भएको भन्दै यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको बताएका छन् ।
शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभामा गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नु पर्दैन भन्नु अराजकताको माथिल्लो रुप भएको बताए । बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रुपमा दवाव दिन नमिल्ने उनले बताए । गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएको वादी गरे ।
बैंकको अधिकांश कर्जा सार्वजनिक सम्पत्ति र सर्वसाधरणको निक्षेप भएकाले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता र वित्तीय स्थायित्वमा समस्या आउने भन्दै व्यवसायीहरूले बैंकको व्याज महंगो भएको भन्दै त्यसविरुद्ध आन्दोलन गरिरहँदा गभर्नर अधिकारीले त्यसप्रति लक्षित गर्दै आन्दोलन रोक्न र कर्जा तिर्न आग्रह गरे ।
गभर्नर अधिकारीले आन्दोलनरत व्यवसायीहरूले अराजक व्यवहार देखाएको भन्दै त्यसप्रति आपत्ति जनाउँदै भने, ‘पछिल्लो समय बैंकहरुमा धेरै चुनौती छन् । समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएका छन् । बैंकहरुबाट ऋण लिने तर त्यो ऋण तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने भनी सङ्गठन गरी संगठित रुपमा बैंकबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने खालका कुराहरु बजारमा आउन थालेका छन् । जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै माथिल्लो रुप हो ।’
बैंकको ऋण भनेको सार्वजनिक सम्पत्ति हो । सर्वसाधरणको निक्षेप हो । वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधरणको निक्षेप हो । समग्र वित्तीय क्षेत्रको विश्वानीयता तथा वित्तीय स्थायीत्वको विषयसँग जोडिएको विषय छ,’ गभर्नर अधिकारीले भनेका छन् । गभर्नर अधिकारीले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढङगले जानुपर्ने पनि बताएका थिए । उनले कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यही अनुसार वित्तीय कारोबारको आवश्यकता भएको बताए । कृषि क्षेत्रको विकासका लागि कृषि विकास बैंकले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
गभर्नर अधिकारीले भनेका छन्, ’म कुनै बैंकबाट ऋण लिन्छु । म ऋण वा ऋणको ब्याज तिर्दिनँ भनेर उभिन मिल्छ ? ऋण स्वीकार गरेर लिएको हो । यस्ता अराजक कुराहरुलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो । हामी यसमा सजक र सतर्क छौं । त्यस्ता कुराहरु हुने वाला छैनन् । यस्ता कुराहरुले समग्र बैंकिङ प्रणाली,अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याउँछ । ठूलो व्यथिति ल्याउँछ । ऋण लिएर तिर्नु पर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र धरापमा जाने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार